काठमाडौं । आज मुलुकभरको मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रहेर केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । मुलुकका पूर्वी भूभागका एकदुई स्थानहरूमा भने मेघ गर्जन र चट्याङ्सहित भारी वर्षा हुन सक्ने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । आज रातिको मौसम पनि दिउँसोको जस्तै रहने बताइएको छ ।

सम्बन्धित खबरहरु