एजेन्सी । भारतका चर्चित ‘कमेडियन’ कपिल शर्माले आफ्नो कार्यक्रम ‘द कपिल शर्मा शो’ मा जीवनको पहिलो कमाइ खुलाएका छन्। उनले जीवनमा पहिलो पटक काम गर्दा प्रिन्टिङ मिलमा गरेको र त्यस बापत उनले १५ रुपैयाँ कमाइ गरेको बताएका छन्। उनले काम गर्ने मिलले कपडामा विभिन्‍न आकृति छाप्‍ने गर्थ्यो।

यही कार्यक्रमा बलिउडका प्रसिद्ध बलिउड र्‍यापर बादशाहले पनि आफ्नो पहिलो कमाइको सार्वजनिक गरेका छन्। उनले पहिलोपल्ट र्‍याप गाएको पारिश्रमिक ३०० रुपैयाँ लिएका थिए। उनी गायनबाट अहिले अभिनय यात्रामा सामेल भएका छन्। उनी अभिनित चलचित्र ‘खानदानी शफाखाना’ शुक्रबारबाट प्रदर्शनमा आएको हो।

अभिताभ बच्चन : यस्तै बलिउडका बादशाह भनेर चिनिने अमिताभ बच्चनले चलचित्र क्षेत्रमा नै आफ्नो करियर सुरु गर्दा पहिलोपल्ट ५०० रुपैयाँ पारिश्रमिक पाएका थिए। यो उनको मासिक तलब थियो। अहिले उनी पारिश्रमिक स्वरुप ४ देखि ५ करोड भारु लिने गर्छन्।

शाहरुख खान : बलिउडका अर्का बादशाह शाहरुख खानले पहिलो पल्ट ५० रुपैयाँ पारिश्रमिक पाएका थिए। धेरैलाई यो विश्वास नलाग्न सक्छ तर यो सत्य हो। उनले सुरुका दिनमा यति पारिश्रमिक लिएर काम गरेको भए पनि अहिले त्यो बढेर ४० देखि ४५ करोड पुगेको छ।

ऋतिक रोशन : यदि तपाईले अभिनेता ऋतिक रोशनको पहिलो कमाइको रकम थाहा पाउनुभयो भने छक्क पर्नुहुन्छ। उनले आफ्नो डेब्यू चलचित्र ‘आशा’ मा काम गरेबापत १०० रुपैयाँ लिएका थिए। अहिले उनी प्रत्येक चलचित्रमा काम गरेबापत ३० करोड रुपैयाँ लिन्छन्।

अक्षय कुमार : अक्षय कुमारले आफ्नो करियर बैंककको एउटा रेष्टुरेन्टबाट सुरु गरेका थिए। त्यतिबेला उनको मासिक आम्दानी मासिक १५ सय थियो। अहिले उनले एउटा चलचित्रमा काम गरेबापत ४५ करोडसम्म लिने गर्छन्।

सलमान खान : अभिनेता सलमान खान अहिले बलिउडमा धेरै कमाउने अभिनेतामा पर्छन्। उमेरले ५० काटे पनि उनको स्टारडम झन बढ्दै गएको छ। तर यही सुपरस्टारले सबैभन्दा पहिला जम्मा ७५ रुपैँया तलब थापेका थिए।

उनले ५३औँ जन्मदिनमा बताए अनुसार उनले ताज होटलमा भएको एक कार्यक्रममा नाँचे बापत ७५ रुपैयाँ बापत पारिश्रमिकपाएका थिए।

सम्बन्धित खबरहरु