काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरी काठमाडौंको रत्नराज्य माविमा कक्षा ११ मा भर्ना भएकी छिन् । उनले यस वर्ष एसइई उत्तिर्ण गरेकी थिइन् ।

आज १० बजे नयाँ बानेश्वर स्थित रत्नराज्य पुगेर भर्ना भएकी हुन् । उनले मानविकी विषय लिएकी छिन् । शान्ता आफू मात्र भर्ना भएकी छैनन्, आफ्नो साथमा दाङकी निलम थापालाई पनि भर्ना गराएकी छिन् । निलमको अभिभावकत्व पनि शान्ताले लिएकी छिन् ।

सम्बन्धित खबरहरु