काठमाडौं । बला’त्कार पछि ह’त्या गरिएकी निर्मला पन्तको परिवारले न्याय नपाएको एक वर्ष बितेको छ । कञ्चनपुरका चर्चित पत्रकार खेम भण्डारी केही दिन पहिले काठमाडौंमा आएर साक्षात्कार गरेर घर फर्केका छन् । तर अहिले उनको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनलाई प्रहरीको भ्यानमा राखेर प्रहरीहरुले लैजादै गरेको देखिएको छ ।

अहिले आशंका गर्न थालिएको छ कि पत्रकार भण्डारी पक्राउ परे तर उनी आफैंले यसको खण्डन गरेका छन् । उनलाई प्रहरीले भ्यानमा हालेर लगेको भिडियो बाहिर आएपछि उनले आफु घरमा आराम गरिरहेको भन्दै स्टाटस लेखेका छन् । उनले लेखेका छन, ‘हल्लाको पछाडि नलागौं । शान्त रहौं । म घरमा आरमा आराम गरिरहेको छु । सरकारले मलाई गिरफ्तार गर्ने मुर्खता गरिहाल्यो भने देखा जायगा ।’

अहिले उनी पक्राउ परेको कुरा भिडियो तस्वीर बाहिर आएको छ तर यो भिडियो दुई वर्ष पुरानो भएको खुल्न आएको छ । भण्डारीको पत्रिका मानसखण्डले समाचार लेखेपछि एक परिवारले प्रहरीमा उजुरी दिएको र त्यसको सोधपुछका लागि पक्राउ गरिएको दुई वर्ष पुरानो भिडियो भएको खुलेको छ । पक्राउ परेका उनले आफ्नो पत्रिका बन्द गर्ने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेको पनि सुन्न सकिन्छ ।

सम्बन्धित खबरहरु