काठमाडौं । कोका–कोलाले देशभरका ग्राहकहरुको लागि पेय पदार्थको अनुभव अझै विशेष बनाउन नयाँ २५० एमएल, हलुका तथा बोक्नलाई सहज प्याक सार्वजनिक गरेको छ । यो प्याक उपभोक्ता मैत्री भएकाले कोका–कोलाले यसलाई जिग्री प्याक भनेको हो । जिग्री प्याकमा प्याकेजिङ उद्योगकौ सबैभन्दा नवीनतम प्रविधिको प्रयोग गरिएको छ । बोटलर्स नेपाल लिमिटेडले स्टेट अफ आर्ट प्रविधिमा लगानी गरे पश्चात नेपाल विश्वभरमै यस क्षमता हुने तेस्रो देश भएको छ ।


जिग्री प्याक उपभोक्तामैत्रीसँगै वातावरण मैत्री पनि छ, यो अल्ट्रा लाइट बोतल हो र अन्य पीईटी बोतलजस्तै यो रिसाइकल पनि हुन्छ । कोका–कोलाले हलुका, पूनशिलबन्दी गर्न मिल्ने, लाइटवेट तथा नफुट्ने बोतल भएको पेय पदार्थ प्रदान गर्न यो प्रविधिको प्रयोग गरेको छ । साथै यसको विस्तारित आयू ६ महिनासम्म रहेको छ ।

उपभोक्ताहरुले अब आफुलाई मनपर्ने कोका–कोला, स्प्राईट तथा फान्टाको नयाँ जिग्री प्याक जहाँ–जहाँ गएपनि चाहना अनुसार जुनकुनै बेला आकर्षक मूल्यमा खरिद गरेर आनन्द उठाउँन सक्नेछन् । कम्पनीले आफ्नो नवीनतम क्याम्पेन पनि सार्वजनिक गरेको छ, जसलाई नेपालका निकै प्रतिभाशाली टोलीले यसको अवधारणा बनाएर अभिनय र निर्देशन गरेका छन् ।

युवा स्टारकास्टले आफ्नो मनपर्ने पेय पदार्थ नयाँ जिग्री प्याकसँग मज्जा उठाइरहेको यस क्याम्पनेमा प्रदर्शन गरिएको छ । नेपालमा जिग्री प्याक सार्वजनिक गरेको अवसरमा नेपालका लागि कोका–कोलाका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भन्नुभयो, “हामी ग्राहकहरुका लागि कोका–कोला, स्प्राईट र फान्टाको उपयुक्त प्याक ल्याउन पाउँदा अत्यन्तै खुसी छौँ ।

जिग्री प्याकले नवीनतम प्रविधि मार्फत एकसाथ ग्लास बोतल र पीईटी बोतलको लाभ एउटै प्याकमा प्रदान गर्दछ । ग्राहकहरुले हाम्रो ब्राण्डप्रति देखाएको मायाका लागि म आभार प्रकट गर्न चाहान्छु र मलाई विश्वास छ कि ग्राहकहरुले जिग्री प्याकलाई पनि उत्तिकै मन पराउनु हुनेछ ।”

बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ डिरेक्टर प्रदीप पाण्डेले भन्नुभयो, “बोटलर्स नेपाल (तराई) लिमिटेड नेपालमा स्टेट–अफ–आर्ट प्रोडक्ट लाइनमा लगानी गर्न पाउँदा निकै प्रसन्न छौं, र हामी जिम्मेवार र दिगो व्यवसायमा प्रतिबद्ध छौं । यो नवीनतम प्रविधिमार्फत हामी वातावरणमैत्री बन्नका साथै उपभोक्तालाई पनि सुविधा प्रदान गर्न सक्छौं ।”

सम्बन्धित खबरहरु