काठमाडौं । खाल्डोमा परेर दुई जनाको ज्यान गएपछि बाबाल भएको छ । धादिङको गजुरी गाउँपालिकास्थित दरिगांल खोलामा बालुवा झिक्न बनाएको खाल्डोमा डुबेर दुई युवा मृत्यु भएपछि आन्दोलन भएको हो । आज बिहान गजुरी गाउँपालिका वडा नम्बर ६ स्थित दरिगांल खोलामा पौडी खेल्न गएका २३ वर्षीय सुमन स्याङ्तान र १८ वर्षीय भीम स्याङतानको खोलामा बनेको खाल्डोमा डुबेर मृत्यु भएको जानकारी दिइएको छ । खोला तथा नदीमा ठूला मेसिन प्रयोग गरेर उत्खनन गर्न नपाइने नियम विपरीत दरिङ्गाल खोलाबाट अवैध रुपमा प्रयोग भएका मेसिनले बनाएका खाडलमा परेका चार जनामध्ये दुई जना हराएका थिए ।

खोलामा एक्साभेटरले खनेको खाल्डोमा परेर उनीहरुको ज्यान गएपछि आक्रोशित भएका गाउँलेहरुले सो खोलामा भएका तीन एक्साभेटर जलाएका छन् । आक्रोशित गाउँलेहरुले उचित क्षतिपूर्ति दिनुपर्ने, खोलामा मेसिन हाल्न बन्द गर्नुपर्ने र खोलामा मेसिन लगाउनेलाई कारवाहीको माग गर्दै पदर्शन गरेका छन् । यस वर्षदेखि दरिङ्गाल खोलामा एस्काभेटर लगायतका ठूला मेसिन प्रयोग गरेर बालुवा झिक्ने गरेपछि मजदूर विस्थापित भएका थिए ।

सम्बन्धित खबरहरु