८० प्रतिशत मानिसलाई मेरुदण्डको समस्या, कसरी थाहा पाउने र जोगिने ?


काठमाडौं । स्पाइन सर्जरी भनेको सामान्यतः मेरुदण्डको शल्यक्रिया हो । मेरुदण्डसँग सम्बन्धित समस्या हिजोआज धेरैलाई देखिन्छ । त्यसमा पनि गर्धन र ढाड दुख्ने समस्या धेरै नै आएको छ । यस्ता समस्या रोगले मात्र नभई खानपान र बदलिँदो जीवनशैली कारण पनि आएको हो । बिरामी मध्ये ८० प्रतिशत मानिसमा गर्धन र ढाड दुख्ने समस्या लिएर आउनेको गरेका मेरुदण्ड स्पाइन सर्जन डा. गौरवराज ढकालले क्यानडानेपाललाई जानकारी दिए ।

 

लक्षण : स्पाइनको समस्या मुख्यतया ढाड दुख्ने, गर्दन दुख्नेजस्ता समस्याबाट सुरु हुन्छ । कसैलाई एकासी दुख्छ कसैलाई विस्तारै दुख्छ यदि त्यो दुखाई बढ्दै गयो भने दुखाइ ढाड र गर्दनबाट हात र खुट्टामा पुग्छ । जुन रेडियटिङ पेन हुन्छ । नशा च्यापिएर हातहरु झमझमाउने, खुट्टा झमझमाउने, कमजोरीपन हुने, हिँड्न गाह्रो हुने, खुट्टा लुलो हुने, शरीरभारी हुने दुखाइ हात खुट्टामा सरेको छ या छैन भन्ने लक्षण हुन्छ । ट्युमर क्यान्सर भएको छ भने तौल कम हुँदै जाने लक्षण देखिन्छ ।

समस्या भइहालेमा के गर्ने : ढाड र गर्दन दुखेमा ८० प्रतिशत मानिसको समस्या सामान्य उपचारले ८-१० दिनमा कम हुन्छ । तर, त्यसको लागि स्पाइनको चिकित्सकलाई भेटेर जाँच गर्नुपर्छ । स्पाइन सर्जनले सामान्य जाँच गरेर एक्सरे गर्छ त्यो एक्सरेमा सबै सामान्य भएमा मेकानिकल ब्याक पेन र पोस्चर गर्न सम्बन्धित कुराहरु नमिलेको कारणले ढाड दुख्ने समस्या आएको बुझिन्छ । त्यसमा साधारण औषधि र दुई हप्ता १० दिन व्यायाम तथा फिजियोथेरापीले निको हुन्छ । यस्ता सिकेको कुरा जीवनमा लागू गरेमा यो समस्या बिस्तारै हराउँछ ।

मेरुदण्डको अप्रेशन गर्न जोखिम हुन्छ यो सत्य हो : मेरुदण्ड भनेको संवेदनसील अंग हो । यो संक्रमण तथा स्पाइनको क्यान्सरका कारणले पनि हुनसक्छ । यसलाई पर्याप्त परीक्षण र जाँचको आवश्यकता पर्छ । त्यसपछि मात्र कस्तो शल्यक्रिया गर्ने निचोड निस्कन्छ । टाउकोबाट तल पुच्छरसम्मको भाग नै स्पाइन भनिन्छ स्पाइनको कम्पोनेट भनेको भित्रको मुल नशा जसलाई स्पाइन कर्ड भनिन्छ । स्पाइनल कर्डबाट हाँगाहरु निस्कन्छ जसलाई नवहरु भनिन्छ । स्पाइल नव र कर्डलाई वरिपरि हड्डीले छेकेको हुन्छ, जसलाई बोन र भटिब ब्रा भनिन्छ माशपेसीहरु पुरै भाग मासु हड्डी नव स्पाइल कर्ड भनिन्छ कुनै पनि भाग ड्यामेज भयो भने प्यारालाइसीस हुने खतरा धेरै छन् । यदि सर्जरी गर्दा ध्यानपूर्वक सर्जरी गरिएन भने यो कनै कम्पिकेशन भएमा हात खुट्टा नचल्लने या हात खुट्टाको कुनै पाट नै नचल्ले हुन्छ । त्यसैले पनि यो जटिल हुन्छ ।

स्पाइनको समस्या कुन उमेरकोलाई हुन्छ : स्पाइनको समस्या युवादेखि बुढासम्म हन्छ । जस्तो ढाड बाङ्गिने समस्या जन्मजात पनि हुन पनि सक्छ । यो १० देखि २० वर्षसम्म या २० देखि ४० वर्ष भन्दा माथिकोलाई पनि हुन सक्छ । स्पाइनको ट्यूमर स्पाइनको क्यान्सर ४० वर्ष भन्दा माथिकोलाई धेरै देखिन्छ । ढाड दुख्ने गर्दन दुख्नेमा अफिसमा काम मानिसहरुलाई बढि देखिएको छ ।

समाधान कसरी गर्ने : विरामी आउँदा सबै भन्दा पहिल उसकोबारेमा हिस्ट्री लिने गरिन्छ ।यो के कारणले दुखेको हो पत्ता लगाउनु जरुरी हुन्छ । एक्सरे सिटीस्क्यान, एमाराइ गर्ने । सबै बिरामीको एमाराइ गर्नै पर्छ भन्ने हुँदैन ।

ध्यान दिनुपर्ने कुरा : विहान सकेसम्म १ घण्टा व्यायाम गर्ने, जिम जाने वा दौड्ने गर्नुपर्छ । अफिसमा काम गर्दा लामो समयसम्म एउटै पोजिसनमा बस्नु हुँदैन । एकछिन् उठ्ने र हिँडडुल गर्ने । मोटरसाइकल चालक, बस चालकहरुले पछाडिको मरुदण्डको वरिपरी मांशपेशी हुन्छ त्यसलाई कसरी बलियो बनाउने भन्ने ज्ञान राख्नुपर्छ । त्यस्तै फिजियोथेरापी वा व्यायाम गर्ने बानी बसालेमा यो समस्या ठीक हुन्छ ।

सुझव : बालबालिकालाई पढाइमा मात्र फोकस नगरी दिनको १ घण्टा शरीरलाई एक्ससाइज गर्ने खेल काम गराउनु पर्छ । नियमित एक्सजाइज गर्ने गर्नुस् । स्पाइनको समस्या छ भनेर बस्नु भन्दा समयमै अस्पतालमा गएर जँचाउनु राम्रो हुन्छ । चुरोटको सेवन नगर्ने जस्ले मेरुदण्डमा असर गर्छ । जीवशैलीमा परिवर्तन गर्ने ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
परीक्षा फारम तत्काल भर्न त्रिविको अत्यन्तै जरुरी सुचना
पढेको हुबहु सम्झिने र पढ्न जाँगर चल्ने यी सरल तरिका
त्रिविद्धारा परीक्षाको तालिका (रुटीन) सार्वजनिक [तालिकासहित हेर्नुहोस्]
स्नातकोत्तर तह दोस्रो वर्षका मौका समेतका परीक्षार्थीहरूको देशभरीका परीक्षा केन्द्र [सूचीसहित]
फारम भर्ने सम्बन्धि त्रिविको अति जरुरी सूचना
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता