काठमाडौं । लामो समय देखि सरकारी प्रतिवन्धको मार खेप्दै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका लागि पदेश ५ आधार इलाका मानिन्छ ।

सशस्त्र द्वन्द्वको केन्द्र रोल्पासहित कपिलवस्तु, दाङ र रुकुम पूर्वमा विप्लव कार्यकर्ताको बाहुल्य रहेको खुल्न आएको छ । उनीहरुले विगतमा झै ‘जनसरकार’ खडा गरेका छन् । कालिकोट लगायत कर्णालीका जिल्लाहरुमा पनि विप्लव आ तंक उस्तै छ ।

अर्को तिर सामान्य रुपमा हेर्दा पुर्व झापा देखि पश्चिम कैलालीसम्म विप्लवको प्रभाव असरदार नै देखिन आएको छ । प्रदेश ५ का अधिकांश स्थानीय तहमा उक्त पार्टीको ‘सहयोग अपिलपत्र’ पुगेको बताइएको छ । विप्लव कार्यकर्ताले धम्की र चेतावनीसमेत दिने गरेका छन् । अर्को तिर जनप्रतिनिधिले भने यसको प्रतिवाद गर्न सकिरहेका छैनन् ।

‘प्रतिरोध गर्न सक्ने अवस्थै छैन,’ रोल्पाका एक जनप्रतिनिधिले भने,‘यही गाउँमा बस्नु छ । हुँदैन, गर्न सकिने सकिँदैन भन्ने अवस्था छैन ।’ यसरी जनप्रतिनिधि नै डरमा बाँच्नुपर्ने अवस्था भइरहेको समयमा सर्वसाधारण जनतामा विप्लवको असर कस्तो छ भन्ने कल्पना भन्दा बाहिरको कुरा भएको धेरैको बुझाई रहेको छ ।

सम्बन्धित खबरहरु