अब त्रिविको मानविकीमापनि स्नातक ४ वर्षे मात्र


काठमाडौ । त्रिभुवन विश्वविद्यालयमा यही शैक्षिक सत्रदेखि मानविकी तथा सामाजिकशास्त्र संकायमा स्नातक तहको पठनपाठन ४ वर्षे हुने भएको छ । उक्त संकायअन्तर्गत विद्या परिषदको आइतबारको बैठकले चारवर्षे स्नातक तहको अध्ययन–अध्यापन सुरु गने निर्णय गरेको हो ।

बैठकले नयाँ पाठ्यक्रमसमेत स्वीकृत गरेको डिन कार्यालयले जनाएको छ । यसअघि व्यवस्थापन, शिक्षालगायतका संकायहरूको स्नातकमा ४ वर्षे कोर्स पढाइ हुँदै आएको छ ।


मानविकी संकायलाई पनि सोहीअनुरूप ४ वर्षे बनाइएको डिन जीवलाल भुसालले जनाए । नयाँ पाठ्यक्रमअनुसार २० विषयको पढाइ हुनेछ भने तह पूरा गर्न विद्यार्थीले २०० सय पूर्णांकको परीक्षा दिनुपर्नेछ । त्यसका लागि अनिवार्यसहित ऐच्छिक विषय तोकिएको छ ।

त्रिविमातहतका क्याम्पसले यही वर्षदेखि ४ वर्षका लागि भर्ना सञ्चालन गर्ने र नयाँ पाठ्यक्रमअनुसार पठनपाठन गराउने छन् ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
उच्च शिक्षाका लागि त्रिविले यति धेरै संख्यामा खुलायो छात्राबृत्तिको आवेदन
शिक्षक सेवा आयोग : आन्तरिक तर्फ नतिजा प्रकाशित
एसइई परीक्षाको रुटीन प्रकाशित [समयतालिका सहित]
पिएच.डी. प्रवेश परीक्षा २०७६ को नतिजा सार्वजनिक
नयाँ भर्ना सम्बन्धी त्रिविको अत्यन्तै जरुरी जानकारी [सुचनासहित]
हाम्रो सरकार

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता


सीमानामा काँडेतार लगाउन यो दम्पतीले ५० लाख सहयोग गर्ने

‘छोरा साउदी जेलमै सड्ने भयो’, ‘व्लड मनी’ जुटाइदिन सहयोग गरिदिनुहोस

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं