एजेन्सी । चलचित्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेल प्रहरणमा अर्को नयाँ ट्वीस्ट आएको छ । जेठी पत्नि हेमा ओझाले शिल्पा पोखरेल र छवी ओझा विरुद्ध बहुविवाहको मुद्धा दर्ता गरेसँगै यो विषयमा मिडियामा मात्रै कभरेज पाएन प्रहरी चौकी र अदलातसम्म नै हल्लाखल्ला मच्चियो ।

चल्तिकी नायिका र बाघ निर्माताको छवी बनाएका निर्माता ओझाको विबाहको कानुनी आधार पाएको भन्दै हेमाले बहुविबाहको उजुरी दिएसँगै उजुरी दर्ता भएपछि शिल्पा र छवीलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको थियो ।

तर छवि र शिल्पा दुवै फरार भएका कारण अहिलेसम्म पक्राउ नपरेको अवस्थामा यो विषयले उच्च अदालतमा पनि स्थान पायो र उच्च अदालतले दुवैलाई पक्राउ गर्न आदेश दिएको छ । अदालतले पक्राउ पुर्जी जारी गरेको अवस्थामा अदालत र प्रहरीलाई नै असहयोग गरेको आरोप छवि र शिल्पालाई लागेको छ ।

उनीहरुले पक्राउ पुर्जी नबुझी उल्टै निषेधाज्ञाको निवेदन लिएर आउनु राज्यको कानुन विरुद्ध भएको भन्दै पक्राउ पुर्जी जारी नै रहने आदेश गरेको हो । यसअघि शिल्पा पोखरेलले पक्राउ पुर्जी खारेज गराउन उच्च अदालत पाटनमा निषेधाज्ञाको निवेदन दिएकी थिइन् । अदालतले पक्राउ पुर्जी खारेज गर्न नमिल्ने बताएको छ ।

सम्बन्धित खबरहरु