काठमाडौ । अहिले धेरै कुराहरु भारतको भर पर्दै आएको नेपाललले व्यापार घाटा धेरै ब्यहोर्नु परेको छ । यदी नेपालले सबै देशहरुसँग समान किसिमले सम्बन्ध राख्न सक्ने हो भने नेपालको व्यापार घाटा र भारतमाथिको निर्भरतापनि खतम गर्न सहयोग पुग्न सक्छ ।

यो बीचमा अहिले नयाँ तथ्य खुल्न आएको छ । नेपालका औषधि उद्योगले सोझै चीनबाट कच्चा पदार्थ ल्याएर उत्पादन गरे औषधि करिब ४० प्रतिशत सस्तो पर्ने विज्ञहरुले बताएका छन् । मुलुकमा करिब ८० प्रतिशत औषधीको कच्चा पदार्थ भारतबाट आउँने गरेको अवस्थामा चीनबाट ल्याउँदा नेपाललाई ठुलो लाभ हुने देखिएको छ ।

नेपालमा बर्सेनि ५५ अर्ब रुपैयाँ बराबरको औषधि खपत हुने गरेको । सबैभन्दा बढी एन्टिबायोटिक र नसर्ने (मुटु, मधुमेहलगायत) रोगका औषधि बढी खपत हुँदै आएको छ । नेपाल औषधी उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहाल भन्नुहुन्छ, ‘चीनबाट सोझै कच्चा पदार्थ खरिद गरिए केही भारतमै बन्नेबाहेक धेरैजसो औषधिमा करिब ४० प्रतिशतसम्म सस्तो पर्नेछ ।

कच्चा पदार्थ चीनबाट भारत जान्छ र त्यसैलाई हामी भारतबाट खरिद गरेर ल्याइरहेका छौं । चीनबाट सिधा ल्याउन सके अत्यधिक सस्तो हुनेछ ।’ यस सम्बन्धमा सम्बन्धीत पक्षले समयमा नै ध्यान दिन सकेको खण्डमा नेपालले ठुलो लाभ पाउँन सक्ने जानकारहरु बताउँछन् ।

सम्बन्धित खबरहरु