काठमाडौं । विमानस्थलमा बम राखिएको खबर आएपछि बबाल भएको छ । बढ्दो भारत–पाकिस्तानको तनाबकाबीच दिल्ली विमानस्थलमा सोमबार एउटा फोनले दिल्ली पुलिसलाई समस्यामा पार्यो ।

टर्मिनल–२ मा एक व्यक्तिको बेलुकी ८ बजेर ४९ मा दिल्ली पुलिसलाई एयरपोर्टलाई बचाउन सके बचाउ भन्ने धम्कीयुक्त फोन आयो । फोन राखेलगत्तै अनुसन्धान सुरु भयो र केहीबेरमै फोन गर्ने व्यक्तिको पहिचान गरियो । पक्राउ परेका व्यक्तिले फोन गरेको अस्विकार गरे ।

पुलिस अनुसन्धानमा जुटेको छ र एयरपोर्टमा छानबीन भइरहेको छ । अबेर राती घटनाको पुष्टि गर्दै आइजीआई हवाईअड्डाका पुलिस उपायुक्त संजय भाटियाले भने, ‘राती करिब साढे आठ बजे हवाई अड्डाको टर्मिनल–२ मा बम राखेको सूचना दिल्ली पुलिस कन्ट्रोल रुमले पायो ।

सूचना दिने व्यक्तिले इन्दिरा गान्धी अन्तरराष्ट्रिय हवाईअड्डाको टर्मिनल–२ मा बम राखिएको बताए । उनले बमबाट ठूलो क्षति हुनबाट रोकेर देखाउ भनेर चेतावनी पनि दिए ।’ सूचनापछि गुप्चर र सुरक्षा एजेन्सीमा खलबली मच्चियो । निकै हतारमा बीटीएसी (बम थ्रेट असिस्मेन्ट कमेटी) भनिएको स्थानमा पुग्यो । तर जताततै खोजेपनि केही शंकास्पद वस्तु भेटिएन ।

अहिले भारतमा आतं'कवादी आ'क्रमण हुनसक्ने भन्दै प्रहरीले सुचना जारी गरेको छ । ७ जनाको तस्वीर र नाम राखेर प्रहरीले १५ अगस्टभित्र ठुलो धमाका हुनसक्ने भन्दै सचेत गराउँनुको साथै यी व्यक्तिहरुका बारेमा जानकारी दिन पनि अनुरोध गरेको छ । News Source 

सम्बन्धित खबरहरु