हरेक दिन ८–१० घण्टा विताउने बेडसिट ख्याल गर्नुहुन्न भने लाग्नेछन् यस्ता रोग


काठमाडौ । सामान्यतया हामी जीवनको एक तिहाइ समय बिछ्यौनामा (बेड) मा बिताउँछौँ। यस्तो महत्वपूर्ण बिछ्यौना छिट्टै नै अनेकौँ खालका ‘ब्याक्टेरिया’ र ‘फङ्गस’को ‘बोटानिकल गार्डेन’ बन्छ भन्छन् न्युयोर्क विश्वविद्यालयका माइक्रोबायोलोजिस्ट फिलिप टियर्नो।

टियर्नोले एउटै तन्ना (बेडसिट) लामो समय लगातार प्रयोग गर्दा वा छिट्टै नधुँदा तन्नाको मुजा परेको वा खुम्चिएका ठाउँमा उत्पन्न हुने माइक्रोस्कोपिक जीव (ब्याक्टेरिया, भाइरस र जीवाणू) ले हामीलाई बिरामी बनाउन सक्ने बताए।

उनी भन्छन्, ‘यस्ता अदृश्य रोगव्याधको लहर नियन्त्रण गर्न कम्तिमा पनि सातामा एकपटक बेडसिट (तन्ना) धुनुपर्छ।’ एउटा मानिसले बर्सेनि बिछ्यौनामा औसतमा करिब एक सय लिटर पसिना बगाउँछ। कोठाबाहिर गर्मी र आर्द्रता हुँदाको बाफिलो वातावरणलाई वैज्ञानिकहरू फङ्गस र ब्याक्टेरिया उत्पन्न हुने र फैलने सबैभन्दा उपयुक्त वातावरण मान्छन्।

अनुसन्धानकर्ताहरुले हालै ब्याक्टेरिया र फङ्गसबाट बिछ्यौना दूषित हुने मात्राबारे एउटा अध्ययन गरेका थिए। अध्ययनमा उनीहरूले प्वाँख र सिन्थेटिकका साढे ११ देखि २० वर्षसम्म पुराना तकियाका नमूना परीक्षण गरेका थिए। परीक्षणमा अनुसन्धानकर्ताले हरेक तकियामा कम्तिमा पनि १६ प्रकारका फङ्गस फेला पारेका थिए।

यसबाहेक तपाईंको पसिना, थुक(र्‍याल, छालाका कोष, यौनांग र मलद्वारबाट निस्कने ब्याक्टेरिया र फङ्गससँगै आफ्नो बिछ्यौनामा तपाईं बाहिरी ‘माइक्रोब्स’सँगै सुत्नु हुन्छ। यस्ता बाहिरी माइक्रोब्समध्ये पराग कण, माटो, बालुवा, धुल्याहा, विभिन्न जीवजन्तुका रौँरझुस, विभिन्न किसिमका रेशा, धुलो, विष्टा–मल लगायत पर्छन्।

टियर्नो यस्तो फोहरले एक सातामै बिछ्यौना पूर्णतया दूषित हुने बताउँछन्। उनी भन्छन्, ‘यस्तो फोहर तन्नाका कारण तपाईंलाई रुघा लाग्न सक्छ, हाछ्युँ आउन सक्छ वा, यस्ता माइक्रोब्स नाकरमुख नजिक हुने भएकाले सास फेर्दा शरीरभित्रै प्रवेश गर्न सक्छन्।’

उनका अनुसार मैलो, दूषित ओछ्यानका कारण पहिले कुनै एलर्जी नभए पनि प्रतिक्रियास्वरुप एलर्जी हुन सक्छ। साथै तन्ना÷बेडसिट तपाईंको चालचलन र पसिनाले मात्र नभएर छिटो दूषित हुने अर्को कारण हो, गुरुत्वाकर्षण । टियर्नोले भने, ‘गुरुत्वाकर्षणकै कारण तपाईंको म्याट्रेसरडस्ना र तन्नारबेडसिटमा अनेकौं सूक्ष्म फोहर थुप्रिन्छ।’

एक–दुई सातासम्म बिछ्यौना, तन्नामा थुप्रने फोहर कुनै पनि व्यक्तिको घाँटीमा संक्रमण गराउन पर्याप्छ हुन्छ, खासगरी एलर्जी र दमका रोगीहरूलाई ६ जना अमेरिकीमध्ये एक जनालाई एलर्जी हुन्छ ।

‘तपाईं सडकमा हिँड्दा कतै झुक्किएर कुकुरको गुहु छुनु भयो भने तुरुन्त हात धुन खोज्नु हुन्छ,’ टियर्नो भन्छन्, ‘बिछ्यौनाबारे पनि ठ्याक्कै त्यस्तै ठान्नुस्। तपाईंले आफ्नो बिछ्यौनामा के–के छ भनेर देख्ने मात्र भए (तर तपाईंले देख्नुहुन्न) तपाईं आफैं भन्नुहुन्थ्यो, के म यस्तो ठाउँमा सुत्न सक्छु ?

प्रतिक्रिया दिनुहोस्
शिक्षा
यो बर्षको कक्षा ११ र १२ शैक्षिक वार्षिक कार्यतालिका प्रकाशित [पूर्ण विवरणसहित]
स्नातकोत्तर दोस्रो बर्षको नतिजा प्रकाशित [नतिजासहित]
त्रिविले भर्खरै जारी गर्यो अत्यन्तै महत्वपुर्ण जानकारी [सुचनासहित]
स्नातक तह (BA, BBS र B.Ed) भर्ना सम्बन्धि सूचना: त्रिभुवन विश्वविद्यालय
नर्स, फार्मेसी, सि.एम.ए, अ.न.मीको भर्ना तथा शुल्क सम्बन्धी अत्यन्त जरुरी सूचना
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर