काठमाडौं । राजीव विक्रम शाह पछिल्लो समय एकदमै चर्चामा रहेको नाम हो । राजनीतिक रुपमा नेपाली कांग्रेसमा आस्था भएको भए पनि उहाँलाई धेरैले एक समाजसेवीका रुपमा चिन्ने गरेका छन् । नेपालको विकट जिल्ला मानिएको जाजरकोटबाट २०७० को निर्वाचनमा सांसद बन्नु भएका शाहलाई जाजरकोटका जनताले सहयोगी नेताको रुपमा लिने गर्दछन् । यो पटक गठबन्धनका अगाडी केही मतान्तरले उहाँ पराजित हुनु परेको हो ।

नेपाल एथ्लेटिक्स संघको अध्यक्ष रहनु भएका शाह हालै मात्रै एशियाली एथ्लेटिक्स एसोसिएशनको अर्थ तथा बजार विभागको सदस्यका रुपमा नियुक्त हुनु भएको छ । जम्मा ५ जना सदस्य रहेको विभागमा नेपालको तर्फबाट शाहको नाम पर्न गएको हो । चुनावताका जाजरकोटका जनतालाई अस्पताल दिने वाचा गर्नु भएका शाहले हारपछि पनि आफ्नो वाचा पुरा गर्नुभएको छ । निर्माण सम्पन्न भएको अस्पताल सञ्चालनको अन्तिम तयारीमा रहेको छ । झण्डै ६ करोड लगानीमा उहाँले अस्पताल निर्माण गर्नुभएको हो । केही प्राविधिक कामहरु बाँकी भएका कारण अस्पताल सञ्चालनमा आउँन सकेको छैन ।

उहाँ धन, सम्पतीलाई भन्दा पनि इज्जत र प्रतिष्ठालाई विशेष रुपमा लिनुपर्ने बताउँनुहुन्छ । अहिलेको वर्तमान समयमा नेताहरुमा नैतिकताको खडेर परेको बेलामा उहाँले देखाउनु भएको उदारता सबैका लागि पाठ हुन सक्ने धेरैको बुझाई रहेको छ । नेताहरु निर्वाचनमा जनतासँग गरिएका वाचाहरु पुरा गर्न छोडेर आफ्नो निजी स्वार्थमा लाग्ने भएको हुँदा जनताको अवस्थामा बदलाब आउँन सकेको छैन । यदी हरेक नेताले आफुले जनतासँग गरेको वाचाहरुमा इमान्दार भएर लाग्ने हो भने सायद जनताको अवस्थामा बद्लाब आउँन समय लाग्दैन ।

सम्बन्धित खबरहरु