सैन्य अभ्यासका नाममा ठुलो संख्यामा विदेशी सेना नेपाल ल्याउनु राम्रो होईन : नेता रावल


काठमाडौं । आज पनि नेपालीहरु भारत लगायतका देशहरुमा सीमाक्षेत्रमा काम गर्दै आइरहेका छन् । नेपालमा बढ्दो बेरोजगारीले गर्दा नेपाली युवाहरु आजका दिनमा पनि विदेशी भुमिको रक्षाका लागि जान बाध्य छन् ।

यो बीचमा यसलाई रोक्जुपर्ने आवाजहरु पनि उठ्दै आइरहेका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले नेपालीहरुलाई बिदेशी सेनामा भर्ती हुन रोक्न पर्ने बताउनु भएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता तथा सांसद भीम रावलले यस्तो माग गर्नुभएको हो । नेपाली बिदेश सेनामा भर्ती गराउने राणा शासनले थोपारेको गलत सम्झौताबाट देशलाई मुक्त गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली युवायुवतीलाई बिदेशी सेनामा भर्ती गरिने नेपालको सार्वभौमसत्तामा आँच पु¥याउँने निरंकुश राणा शासनले थोपारेको गलत सम्झौताबाट देशलाई मुक्त गर्न पर्छ ।

भुतपूर्व गोरखाका न्यायोचित आवाजहरु सुनिनु पर्छ र त्यसलाई सम्बोधन गर्नु पर्छ ।’ उहाँले स्वाधिन लोकतान्त्रिक गणतन्त्रले यो काम गर्नै पर्ने बताउनुभयो । साथै उहाँले बिदेशी सेनासँग नेपाली सेनाको सैन्य अभ्यासप्रति पनि आपत्ति जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्राकृतिक विपदको सामना गर्ने उदेश्यमा सिमित रहेर सुरक्षा निकायकाबीच तालिम र अनुभवको आदन प्रदान गर्न सकिने भए पनि ठुलै संख्यामा सेनालाई संलग्न गराएर द्धिपक्षिय सैनिक अभ्यासमा पनि नेपाल अब संलग्न हुनु हुँदैन ।’

उहाँले महत्वपुर्ण र संवेदनशिल तथ्याङहरु पनि बिदेशी सर्भरमा राख्न नहुने बिचार व्यक्त गर्नुभयो । राष्ट्रिय परिचय पत्र , गाडीका नम्बर प्लेट , कर र महसुल संकलनका अभिलेखहरु नेपालमा र नेपाल सरकारकै मातहतमा रहने गरी व्यवस्था गर्नु पर्ने माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
यो बर्षको कक्षा ११ र १२ शैक्षिक वार्षिक कार्यतालिका प्रकाशित [पूर्ण विवरणसहित]
स्नातकोत्तर दोस्रो बर्षको नतिजा प्रकाशित [नतिजासहित]
त्रिविले भर्खरै जारी गर्यो अत्यन्तै महत्वपुर्ण जानकारी [सुचनासहित]
स्नातक तह (BA, BBS र B.Ed) भर्ना सम्बन्धि सूचना: त्रिभुवन विश्वविद्यालय
नर्स, फार्मेसी, सि.एम.ए, अ.न.मीको भर्ना तथा शुल्क सम्बन्धी अत्यन्त जरुरी सूचना
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर