काठमाडौ । अझैपनि मनसुनको न्यून चापीय रेखा औसत स्थानमा रहेको जनाएको छ । मनसुनी रेखा उत्तरतर्फ सर्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको पूर्वी र मध्य भू–भाग नजिक एउटा न्युन चापिय प्रणाली रहेको जानकारी दिँदै महाशाखाले यो प्रणाली पश्चिमतिर सर्ने क्रममा रहेको जनाएको छ ।

आगामी २४ घण्टाको मौसम विवरणका सम्बन्धमा महाशाखाले देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहितको वर्षा हुने सम्भावना रहेको जनाएको छ । त्यसबाट बँच्न आवश्यक सतर्कता अपनाउन पनि उसको अनुरोध छ ।

देशको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै महाशाखाले चुरेबाट बहने नदिमा पानिको बहावमा आकस्मिक बृद्धि हुनसक्ने भन्दै सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।

हाल देशको मध्य तथा पूर्वी तराई भू–भागमा आंशिक वदली र बाँकी भू–भागमा सामान्य वदली रही पश्चिमी पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबार दिउँसो धेरैजसो स्थानमा वदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुनेछ भने पहाडि भू–भागका एकरदुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ । बुधबार राति धेरैजसो स्थानहरुमा वदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षा हुनेछ । देशको पूर्वि तथा पश्चिमी भू–भागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

सम्बन्धित खबरहरु