काठमाडौं । भोली देशैभरी हर्ष उल्लासका साथ रक्षाबन्धन पर्व मनाइदैछ । यो बीचमा प्रदेश २ सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ । बिहीबार हिन्दुधर्मालम्बीहरूको पर्व रक्षाबन्धन परेकाले प्रदेश २ सरकारले सार्वजनिक छुट्टी दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकाले हर्ष उल्लासका साथ साथ रक्षाबन्धन मनाउन सबैसँग अनुरोध गर्नुभएको छ । संघीय सरकारले पर्वलगायतको बिदा कटौती गरेपछि प्रदेश सरकारहरूले बिदा दिँदै आएका छन् ।

यसअघि बकर इदको अवसरमा प्रदेश २ र प्रदेश ५ ले सार्वजनिक बिदा दिएका थिए । प्रदेश २ ले रक्षाबन्धनको अवसरमा बिदा दिने निर्णय गरे पनि अन्य प्रदेशले भने अहिलेसम्म यसबारे कुनै जानकारी दिएका छैनन् ।

सम्बन्धित खबरहरु