दुई अध्यक्षबीच सहमति नहुँदा फेरि सर्यो नेकपा सचिवालय बैठक


काठमाडौं । एकता भएको लामो समय भैसक्दासम्म पनि नेकपा एकताले पुर्णता पाएको छैन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक फेरि पनि सरेको छ । पार्टी एकतालाई पुर्णता दिन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले लगातार गर्नुभएको परामर्श र गृहकार्य निश्कर्षमा पुग्न नसकेपछि आज अपरान्ह ३ बजेका लागि बोलाइएको सचिवालय बैठक भोलिसम्मका लागि स्थगित भएको हो ।

नेकपाले हिजो बोलाएको सचिवालय बैठक गृहकार्य नपुगेको भन्दै आज दिउँसो ३ बजेका लागि बोलाएको थियो । तर आजको सचिवालय बैठक पनि तयारी नपुगेको भन्दै स्थगित भएपछि अब भोलिका लागि सरेको हो । बैठक स्थगित गर्नुअघि अध्यक्ष ओली र प्रचण्डबीच छलफल भने भएको बताइएको छ । दुवै अध्यक्षलाई महासचिव बिष्णु पौडेलले गत सचिवालय बैठकको निर्णयअनुसार नेताहरुको रुची बुझेर आफ्नो प्रतिवेदन दिइसक्नु भएको छ ।

अध्यक्ष ओली र प्रचण्डले सोही रुचीअनुसारको प्रतिवेदनमा आधारित भएर सचिवालयमा निर्णायक प्रस्ताव लैजाने अन्तिम तयारी अघि बढाउनु भएको हो । गत साउन १३ गतेपछि नेकपाको सचिवालय बैठक बस्न सकेको छैन । सोही बैठकले साउन २८ गते बैठक बस्न निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण गरी सिंगापुरबाट फर्किन दुई दिन ढिलाइ हुँदा २८ गतेका लागि तय भएको बैठक आजका लागि सारिएको थियो । प्रधानमन्त्री ओली सोमबारै स्वदेश फर्कनुभएपछि दुई अध्यक्षबीच परामर्श भएको थियो । ओली र प्रचण्डले हिजो र आज पनि परामर्श गर्नुभएको छ । तर सहमति जुटन नसकेपछि आज बोलाइएको बैठक बिहीबारका लागि सरेको हो ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
यो बर्षको कक्षा ११ र १२ शैक्षिक वार्षिक कार्यतालिका प्रकाशित [पूर्ण विवरणसहित]
स्नातकोत्तर दोस्रो बर्षको नतिजा प्रकाशित [नतिजासहित]
त्रिविले भर्खरै जारी गर्यो अत्यन्तै महत्वपुर्ण जानकारी [सुचनासहित]
स्नातक तह (BA, BBS र B.Ed) भर्ना सम्बन्धि सूचना: त्रिभुवन विश्वविद्यालय
नर्स, फार्मेसी, सि.एम.ए, अ.न.मीको भर्ना तथा शुल्क सम्बन्धी अत्यन्त जरुरी सूचना
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर