ट्रकले ठक्कर दिदाँ पुल भाँचिएपछि तनाब


नवलपरासी । आज बिहान ट्रकले ठक्कर दिएर पुल भाँचिएपछि यातायात सञ्चालनमा आएको छ । मध्यविन्दु नगरपालिका अन्तर्गत पर्ने अरुणखोलाको पुल भाँचिदा अवरुद्ध यातायात डाइभर्सन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । भाँचिएको अरुणखोला पुलदेखि एक किलोमिटर उत्तरतर्फबाट डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार उत्तरतर्फ रहेको करमघारी गाउँतर्फ खोलामा रहेका खाल्डो पुरेर डाइभर्सन निर्माण गरेर सञ्चालनमा आएको हो । अस्थायी रुपमा यातायात सञ्चालनमा ल्याउन सहयोग पुर्याएको भए पनि पानी पर्दा समस्या हुने बताइएको छ । पानी पर्दा खोलामा पानीको सतह बढने तथा डाइभर्सन बगाउँदा फेरि यातायात अवरुद्ध हुन सक्ने देखिएको छ ।

भाँचिएको पुल मर्मत गर्न भने केही दिन लाग्ने प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । पुलको तल्लो सतहबाट नै मर्मत गर्नुपर्ने भएकाले पुलबाटै पूर्ण रुपमा यातायात सुचारु गर्नका लागि केही दिन लाग्न सक्ने उहाँले बताउनुभयो । साना सवारी भने पुलबाट नै आवतजावत गरिरहेका छन् । बुधबार बिहान ना ६ ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किँदा पुल भाँचिएर यातायात अवरुद्ध बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
यो बर्षको कक्षा ११ र १२ शैक्षिक वार्षिक कार्यतालिका प्रकाशित [पूर्ण विवरणसहित]
स्नातकोत्तर दोस्रो बर्षको नतिजा प्रकाशित [नतिजासहित]
त्रिविले भर्खरै जारी गर्यो अत्यन्तै महत्वपुर्ण जानकारी [सुचनासहित]
स्नातक तह (BA, BBS र B.Ed) भर्ना सम्बन्धि सूचना: त्रिभुवन विश्वविद्यालय
नर्स, फार्मेसी, सि.एम.ए, अ.न.मीको भर्ना तथा शुल्क सम्बन्धी अत्यन्त जरुरी सूचना
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर