कश्मीरमा भारतीय रवैया नेपालमा डर : भारत नेपाललाई सिक्कीम बनाउँन चाहान्छ


काठमाडौं । नेपाली राजनीतिमा विपक्षी दलका नेताहरुले पनि प्रेम गर्ने बौद्धिक नेताले गम्भीर खुलासा गर्नुभएको छ । नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले भारतले ‘नेपाललाई सिक्किम बनाईदिने’ चेतावनी दिनु भएको छ ।

 

संघीय संसद, प्रतिनिधिसभा अन्र्तगतको अन्तर्राष्ट्रिय समितिको बुधबार बसेको बैठकमा गिरीले नेपालको सीमा अतिक्रमण गरेको, दशगजामा सडक निर्माण गर्नुको साथै असमान सन्धि सम्झौता लगायत बारेमा छलफल भईरहँदा समिति सदस्य गिरीले भारतले आफ्नो क्षमताले भ्याउने हो भने नेपाललाई सिक्किम बनाईदिने अभिव्यक्ति दिनुभएको हो ।

गिरीको यो भनाई अखन्ड भारतको नारा लगाउँदै भारतले कश्मीरमा देखाएको रवैयापछि आएको हो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई इंगित गर्दै उहाँले नेपाल–भारत सिमानामा काँडेतार लगाउने र सुरुङ युद्ध गर्ने उद्घोष गर्ने नेताहरु नै अहिले सत्तामा रहेको र भारतका गतिविधिमा टाउको हल्लाउने मात्रै काम गरेको टिप्पणी गर्नुभयो ।

उहाँले बोलेर मात्रै कुटनीतिक समस्या समाधान नहुने तर्फ सचेत बनि समयमै कुटनीतिक सक्षमता देखाउन सरकारको ध्यानाकर्षण गराउँनुभयो । नेपालको कमजोर कुटनीति जारी रहे सकेको दिन भारतले नेपाललाई सिक्किम बनाउने तथ्यपुर्ण यथार्थतालाई समयमै आत्मसाथ गरी पहलकदमी गर्न उहाँको अनुरोध छ ।

उहाँले भन्नुभयो, ‘विपक्षमा रहेर कहिलेकहीँ पनि त्यस्ता मागलाई उठाउनु हुँदैन । जो सत्ता पक्षमा गएर कार्यान्वयन गराउन नसकियोस् । कुटनीति भनेको चुनाव लड्न गर्ने भाषण होइन। सबै भन्दा ठूलो विफलता कुटनीतिक विफलता हो। हिन्दुस्तानले सकेदेखि नेपाललाई सिक्किम बनाउँछ। भुटान बनाउँछ। तथ्य हो यो।’

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविले भर्खरै गर्यो नतिजा प्रकाशित : {अनलाइन यसरी हेर्नुहोस्}
यो साल देखिका पास गर्न नसकेका विद्यार्थीले यस पटकको प्लस टु परीक्षामा विशेष अवशर
पुराना विद्यार्थीलाई विशेष मौका परीक्षा सम्बन्धि सूचना : त्रिभुवन विश्वविद्यालय
अमेरिकाबाट प्राध्यापनकालागि नेपाली विश्वविद्यालय आएका जेम्सलाई बिचौलियाले फिर्ता लखेटे
पाँच लाख मूल्य बराबरको छ रोपनी जग्गा विद्यालयलाई दान दिइयो
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता