शालिकराम मृत्यु प्रकरण : सिधा कुरा जनतासँगका रवि लामिछानेसहित यी तीन जना पक्राउ


काठमाडौं । पछिल्लो समय चर्चामा रहेको पत्रकार शालिकराम पुडासैनी आत्मह’त्या काण्ड नयाँ मोडमा पुगेको छ । चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले पत्रकार पुडासैनीको आत्मह’त्या प्रकरणमा टेलिभिजन (सिधा कुरा जनतासँग) का प्रस्तोता रवि लामिछानेविरुद्ध कारवाही प्रक्रिया अघि बढेको बताउनु भएको छ ।

 

पत्रकार पुडासैनीको शव भरतपुरस्थित एक होटलमा गत २० गते फेला परेपछि अनुसन्धान थालेको प्रहरीले सुरुदेखि नै रवि लामिछानेको नाम आएकाले अनुसन्धान अघि बढाएको थियो । बुधबार पुडासैनीको आत्मह’त्या गर्नुअघिको करिब ८ मिनेट लामो भिडियो नै सार्वनजिक भएपछि प्रहरीमाथि तीव्र दबाब परिरहेको अवस्थामा एसपी मल्लले यस्तो बताउनुभएको हो ।

पत्रकार पुडासैनीले आत्मह’त्या गर्नुअघि खिचेको भिडियो र रेकर्ड गराएको अडियो प्रहरीले नै गायब गरेको आरोप लागिरहेका बेला मल्लले रविसहित तीनजनाविरुद्ध कारवाही थालिएको जानकारी दिनुभएको छ । पत्रकार पुडासैनीले भिडियोमा रवि, दीपक बोहोरा र ओखलढुंगाकी युवती अस्मिता कार्कीका कारण आफूले आत्मह’त्या गर्न बाध्य भएको कुरा बोलेका छन् ।

एसपी मल्लले असार २१ देखि नै चितवन प्रहरी यही प्रकरणको अनुसन्धानमा लागेको बताउनु भएको छ । उहाँले भननुभयो, ‘म यही विषयमा लागि रहेको छु । प्रहरीले उहाँ (रवि लामिछाने) लाई सम्पर्क गरिरहेको छ । अब पक्राउ गरी कारबाही प्रकृया अघि बढाइन्छ ।

म त्यो प्रकृयामा लागिसकेको छु ।’ एसपी मल्लले पुडासैनीको मोबाइल फोन र उक्त फोनमा रहेका अडियो, भिडियो ल्याबमा परीक्षण भइसकेको पनि जानकारी दिनुभयो । उहाँका अनुसार ल्याव परीक्षणबाट मोबाइलमा भेटिएको भिडियोको आवाज पुडासैनीकै पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविले भर्खरै गर्यो नतिजा प्रकाशित : {अनलाइन यसरी हेर्नुहोस्}
यो साल देखिका पास गर्न नसकेका विद्यार्थीले यस पटकको प्लस टु परीक्षामा विशेष अवशर
पुराना विद्यार्थीलाई विशेष मौका परीक्षा सम्बन्धि सूचना : त्रिभुवन विश्वविद्यालय
अमेरिकाबाट प्राध्यापनकालागि नेपाली विश्वविद्यालय आएका जेम्सलाई बिचौलियाले फिर्ता लखेटे
पाँच लाख मूल्य बराबरको छ रोपनी जग्गा विद्यालयलाई दान दिइयो
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता