तीज नजिक आउँदै गर्दा पार्टी प्यालेसमा भोजभतेर गर्न नदिने सरकारको निर्णय


काठमाडौं । हिन्दु नारीहरुको महन पर्व तीज नजिक आउँदैछ । यो बीचमा पार्टी प्यालेस ब्यवसायीले चाडपर्वको अवसरमा भोजभतेर गर्न नपाउने गरी स्थानीय प्रशासनले लगाएको बन्देजप्रति आपत्ति जनाएका छन् । स्थानीय प्रशासनको यस्तो निर्णयले पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय संकटमा पर्ने भन्दै उनीहरुले निर्णय नसच्याइए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका प्रवक्ता कृष्णप्रसाद पाण्डेले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त निर्णय तत्काल सच्याउन आग्रह गरेका छन् । तत्काल माग नसच्याएमा केन्द्र, प्रदेश, स्थानीय तह तथा राजनीतिक दलले आयोजना गर्ने सबै प्रकारको कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिइएको छ ।

‘आफूहरुको व्यवसायले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने सरकारको अभियानलाई आत्मसाथ गरेर अघि बढिरहेको समयमा स्थानीय प्रशासनले यस्तो निर्णय गर्नु गलत हो । त्यसैले यो निर्णयको हामी भत्र्सना गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
यो बर्षको कक्षा ११ र १२ शैक्षिक वार्षिक कार्यतालिका प्रकाशित [पूर्ण विवरणसहित]
स्नातकोत्तर दोस्रो बर्षको नतिजा प्रकाशित [नतिजासहित]
त्रिविले भर्खरै जारी गर्यो अत्यन्तै महत्वपुर्ण जानकारी [सुचनासहित]
स्नातक तह (BA, BBS र B.Ed) भर्ना सम्बन्धि सूचना: त्रिभुवन विश्वविद्यालय
नर्स, फार्मेसी, सि.एम.ए, अ.न.मीको भर्ना तथा शुल्क सम्बन्धी अत्यन्त जरुरी सूचना
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर