यो कस्तो प्रेम ? कतारमा पतिको मृत्युपछि गर्भवती पत्नीले गरिन् आत्मह’त्या


काठमाडौं । विवाहमा सामान्यतया श्रीमान श्रीमतीले सँगै बाँच्ने अनी सँगै मर्ने कसम खान्छन् । खाएका कसम सबैले पुरा गर्छन भन्ने हुँदैन । तर, रोजगारीका लागि कतारमा रहेका पतिको पौडी खेल्ने क्रममा समुद्रको छालले बगाएर ज्यान गएको खबर आएपछि ७ महिनाकी गर्भवती पत्नीले पनि आत्मह’त्या गरेकी छन् ।

गत आइतबार कतारमा इदको बिदा थियो । धनकुटाको साँगुरीगढी–३ का ३३ वर्षीय ललितबहादुर लिम्बू बिदा उपयोग गर्दै अलखेर समुद्र किनारमा पौडी खेल्न गएका थिए । उनको त्यहाँ मृत्यु भएको धनकुटा सेवा समाज कतारका महासचिव रविन मगरले बताए । १३ जना साथीसँगै पौडी खेल्ने क्रममा तीन जनालाई छालले बगाएको थियो । दुईजना सकुशल बाहिर आउन सफल भएका थिए ।


घटनाको एक घण्टापछि प्रहरीले उद्धार गरे पनि अस्पताल लैजाँदा लिम्बूको मृत्यु भइसकेको चिकित्सकले बताएका थिए । साथमा रहेका साथीहरूलाई प्रहरीले सोधपुछ गरेर राति ८ बजे छाडेको समाजले जारी गरेको विज्ञप्तिमा छ । मृतक लिम्बू समाजका निवर्तमान अध्यक्ष थिए । उक्त घटना फोनबाट जानकारी पाएपछि मोरङको सुन्दरहरैचा–५ सिद्धार्थ टोल बस्दै आएकी पत्नी ३१ वर्षीया टीकाकुमारी थापा लिम्बूले आत्मह’त्या गरेको प्रहरीले जनाएको छ ।

सात महिनाको गर्भवती उनले सोमबार साँझ ६ बजे बाथरुममा झुन्डिएर आत्मह’त्या गरेकी हुन् । पतिको मृत्यु भएको खबरपछि विक्षिप्त बनेकी उनले नुहाउन भनेर बाथरुम पसेर आत्मह’त्या गरेको ससुरा हर्कराज लिम्बूले बताए । बाथरुममा पसेर टीकामायाले पोखरामा रहेका भाइलाई मोबाइलमा आफूले आत्मह’त्या गर्ने म्यासेज पठाएकी थिइन् । भाइले तत्काल प्रहरी र आफन्तलाई खबर गरेका थिए । बाथरुमको ढोका फुटाएर हेर्दा उनको मृत्यु भइसकेको पाइएको हर्कराजले बताए ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
यो बर्षको कक्षा ११ र १२ शैक्षिक वार्षिक कार्यतालिका प्रकाशित [पूर्ण विवरणसहित]
स्नातकोत्तर दोस्रो बर्षको नतिजा प्रकाशित [नतिजासहित]
त्रिविले भर्खरै जारी गर्यो अत्यन्तै महत्वपुर्ण जानकारी [सुचनासहित]
स्नातक तह (BA, BBS र B.Ed) भर्ना सम्बन्धि सूचना: त्रिभुवन विश्वविद्यालय
नर्स, फार्मेसी, सि.एम.ए, अ.न.मीको भर्ना तथा शुल्क सम्बन्धी अत्यन्त जरुरी सूचना
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर