काठमाडौँ । प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई आज पक्राउ गरेको छ ।

नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेसहित युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता कार्की छन् ।

बिहीबार मात्रै सार्वजनिक भएको उक्त भिडियोका आधारमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको पोखरेलले जानकारी दिनुभयो । भिडियो प्रहरीले डिजिटल परीक्षणसमेत गरिसकेको छ ।

पुडासैनी साउन २० गते चितवनको नारायणगढस्थित होटल कङ्गारुको कोठाभित्र मृत भेटिएका थिए । प्रहरीले पक्राउ गरेपछि रमेश प्रसाईले रबि लामिछाने पक्राउ परेपछि आक्रोशित हुँदै सारा नेपालीलाइ भने अब के गर्ने ?

यो हामी सबैको परिक्षा हो अब रवि लामिछानेप्रति षड्यन्त्र भइरहेको छ । उहाँको न्यायका लागि भोली चितवन जिल्ला अदालत जाऊँ भन्दै अपिल गरेका छन् । साथै फेसबकुमा धेरैले लेखेका छन् ।

आन्दोलनका लागि तयार हौँ । पोखराका अशोक ओझा त ११ बजे पोखरा चिप्लेढुंगामा भेला हुन सबैलाई अपिल गर्दछन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु