काठमाडौ । पत्रकार सालिकराम पुडासैनीको मृत्यु प्रकरणमा छानबिनका लागि पक्राउ गरिएका टेलिभिजन प्रस्तोता रवि लामिछानको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवन अगाडि उनका समर्थकहरुले नाराबाजी थालेका छन् । ठूलो संख्यामा मानिसहरु त्यहाँ भेला भएका छन् ।

उनीहरुले रवि दाई भाई हाई हाई, हाम्रो रवि हाम्रो देश प्राण भन्दा प्यारो छ जस्ता नारा लगाईरहेका छन् । पुडासैनीको मृत्यु प्रकरणमा न्युज २४ टेलिभिजनमा कार्यरत लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई काठमाडौँबाट पक्राउ गरेर बिहीबार मध्यराति चितवन लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका लामिछानेसहित तीनैजनालाई आज अदालतमा पेश गर्ने प्रहरीले जनाएको छ। तर रविलाई षडयन्त्रपूर्वक फसाउन खोजिएको भन्दै उनका समर्थकहरुले निर्सत रिहाइको माग गर्दै नाराबाजी गरिरहेका हुन् ।

चितवनका एसपी दानबहादुर मल्लले कानुन बमोजिम अनुसन्धानका लागि रविसहितका व्यक्तिहरुलाई पक्राउ गरिएकोले अनावश्यक दबाब आवश्यक नरहेको बताए । उनले कानुन बमोजिम प्रहरीले आफ्नो काम गर्ने बताए ।

यता बिहीबार बेलुका पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई आजै जिल्ला अदालत चितवनमा पेस गरिने भएको छ । म्याद थप गरेर अनुसन्धान थालिने चितवन प्रहरीले जनाएको छ ।

चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लका अनुसार लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्की पक्राउ परेका हुन् । रवि लामिछाने न्यूज २४ टिभीबाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता हुन् भने कँडेल पनि सो कार्यक्रमका सञ्चारकर्मी हुन् । यता पक्राउ परेकी ओखढुंगाकी कार्की भने नर्स हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवन र महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले लामिछाने र कँडेललाई साँझतिर लाजिम्पाटस्थित टेलिभिजन कार्यालयबाटै पक्राउ गरेको हो भने कार्कीलाई कलंकीबाट नियन्त्रणमा लिएको हो ।

नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले मुर्नु अघि रवि लामिछानेसहितका तीनजनाको नाम उल्लेख गर्दै मुर्न बाध्य बनाएको भिडियो सार्वजनिक भएपछि सोधपुछका लागि भन्दै लामिछानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त भिडियोमा पुडासैनीले रवि लामिछानेले आफूलाई फसाउन अस्मिता कार्कीलाई हतिुयारका रुपमा प्रयोग गरेको आरोप लगाउँदै कार्कीसँगै अष्ट्रेलिया पठाइदिने आश्वासन दिएको बताएका छन् ।

तर त्यसैलाई आधार बनाएर ‘बलाुत्कार अभियोग’मा फसाइदिने भन्दै लामिछानेसहितका तीनजनाले धुम्की दिएको पुडासैनीले बताएका थिए । पुडासैनीले साउन २० गते चितवनको कंगारु होटलको कोठा नम्बर २०२ मा आुत्महुत्या गरेका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु