बोस्टन । यस वर्षको जुलाईले पृथ्वीको सबभन्दा गर्मी महीनाको कीर्तिमान बनाएको अमेरिकी संघीय वैज्ञानिकहरूले बिहिबार घोषणा गरेका छन्। नेसनल ओसनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेसन (एनओएए) ले भनेको छ, जुलाईमा विश्वको तापक्रम ६२.१३ डिग्री फहरेनहाइट रह्यो, जुन २० औं शताब्दीको औसतभन्दा १.७१ डिग्री धेरै हो।

यो कीर्तिमानले सन् २०१६ जुलाईलाई गर्मी महिनालाई हराएको छ। जुलाई गर्मी महिना रहँदै आएको छ। नेसनल एयरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) ले पनि सन् २०१९ जुलाईलाई सबभन्दा गर्मी महीना भनेको छ।

यसले एनओएएले भन्दा फरक विधिले विश्लेषण गरेर निष्कर्ष निकालेको हो। जुलाई दक्षिणी अफ्रिका, स्ट्रेलिया र यूरोपका केहि भागमा सामान्यभन्दा बढि सुखा रह्यो भने अरू कयौं भाग, खासगरी दक्षिण तथा पूर्वी एशिया, मा भारी वर्षाले प्रभावित पार्‍यो।

यूरोप भर धेरै सुखा रह्यो, फ्रान्सदेखि युक्रेनसम्म तातो हावा बह्यो भने भारत, बंगलादेश तथा नेपालमा हुरीसहितको भारी वर्षाले सयौंले ज्यान गुमाए भने लाखौं बेघरबार भए। तापक्रम अलास्का, ग्रीनल्याण्ड, साइबेरिया, मध्य एशिया र इरानका केही भागका साथै अन्टार्कटिकामा धेरै बढी थियो।

सम्बन्धित खबरहरु