मुम्बई । भारतमा जब जब कुनै राष्ट्रिय विपत आईपर्छ तब बलिउड कलाकारहरुले कुनै न कुनै रुपमा आर्थिक सहायता गर्दै आईरहेका छन् । उनीहरुले फिल्मबाट आर्थिक लाभ मात्र होईन देश दुख्दा आफनो जिम्मेवारी पनि पुरा गर्दै आईरहेका छन् । यसैबीच चर्चित अभिनेता नाना पाटेकरले बाढी पीडितहरुका लागि ठुलो राहतको घोषणा गरेका छन् ।

यस बर्ष भारी बर्षाले महाराष्ट्र निकै ठुलो क्षति पुर्यायो । त्यही महाराष्ट्रका जनताहरुको घाउमा मल्हम लगाउँन नाना पाटेकरले पीडितका लागि ५ सय घर बनाउँने घोषणा गरेका हुन् । बाढी तथा पहिरोको कारण विशेषगरी पश्चिम महाराष्ट्रका जिल्लाहरु निकै प्रभावित भए ।

जहाँ हजारौँ मानिसहरु बिस्थापित भएका थिए । तीनै बिस्थापितहरुका लागि नानाले ५ सय घर निर्माण गर्ने भएका हुन् । उनले समाजसेवाका लागि आफ्नै नाममा खोलेको नाना पाटेकर नामक फाउन्डेशनमार्फत उक्त घर बनाउँने भएका हुन् ।

नानाले बाढी पीडितहरुलाई प्रत्यक्षरुपमा भेटघाट गर्दै उनीहरुको लागि घर बनाउँने घोषणा गरेका हुन् । उनले सरकारले पनि आफुहरुलाई केही आर्थिक रकम उपलब्ध गराएको र बाँकी रकम आफनो फाउन्डेशनले ब्यहोर्दै घर निर्माण गर्ने भन्दै आश्वस्त पारे । यसअघि बाढी पीडितहरुका लागि नै रितेष देशमुखले २५ लाख भारु संगै लगायतका केही कलाकारहरुले आर्थिक सहायता गरेका थिए ।

सम्बन्धित खबरहरु