काठमाडौं । पत्रकार रवी लामिछाने पक्राउपछि चितवन रणभुमि भएको छ । चितवनमा पत्रकार लामेछाने समर्थक र प्रहरीबीच झ'डप भएपछि तनाब सुरु भएको हो । शुक्रबार साँझ पत्रकार लामिछाने समर्थक भीडले जिल्ला प्रहरी कार्यालय चितवनमा ढुंगामुढा गरेपछि दुई पक्षबीच झ'डप भएको जनाइएको छ ।

झ'डपमा प्रहरीका असईसहित ५ जना घाइते भएका छन् । साँझ आएको ठूलो भीडले प्रहरी कार्यालयमा ढुंगामुढा गरेपछि प्रहरीले केही राउन्ड अश्रुँग्यास प्रहार गरेको थियो । प्रहरीले अहिले स्थितिलाई नियन्त्रणमा लिइसकेको बताएको छ ।

हिजो साँझ पत्रकार शालिकराम पुडासैनीको आत्मह'त्याको विषयलाई लिएर टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो । लामिछाने पक्राउ परेपछि उनका समर्थकले शुक्रबार दिनभर चितवनमा विरोध प्रदर्शन गरेका छन् । यस्तो भोली चितवन बन्दको हल्ला पनी सुरु भएको छ । चितवन प्रहरीले भोलीको बन्दबारे जानकारी नभएको जानकारी दिएको छ ।

सम्बन्धित खबरहरु