काठमाडौ । तत्कालीन राजा वीरेन्द्रको वंशनाश अमेरिकी गुप्तचर संस्था (सिआइए), भारतीय गुप्तचर संस्था (रअ) र नेपाली सेनाको एक समूहले मिलेर गरेकोे एक अमेरिकी म्यागाजिनले खुलासा गरेको छ । अमेरिकाको न्युयोर्क सिटीबाट प्रकाशन हुने मन्थ्ली रिभ्यु चर्चित म्यागजिनले यस्तो दाबी गरेको हो । वेन म्याडसेनले ‘कम्यारिजन विटविन रिसेन्ट युएस ब्याक्ड कुप्स: कराकस एन्ड काठमाडौं’ शीर्षकमा लामो फिचर लेख्दै यस्तो खुलासा गरेका हुन् । अमेरिकाले तत्कालीन भेनेजुयलाका राष्ट्रपति ह्युगो साबेज र नेपालका राजा वीरेन्द्रलाई सिध्याउन एकैखाले रणनीति अपानाएको फिचरमा लेखिएको छ ।

त्यो रणनीति भेनेजुयेलामा असफल र तर नेपालमा सफल भएको फिचरमा लेखिएको छ । विपत् तालिमका नाममा सिआइएको वीरेन्द्रको वंशनाश अभियानः तत्कालीन युद्धरत माओवादीसँग वार्ताका पक्षधर र भारतविरोधी राष्ट्रवादी भएकाले वीरेन्द्रको वंशनाश रअसँग मिलेर अमेरिकाको गुप्तचर सिआइएले गरेको म्यागाजिनले लेखेको छ । मन्थ्ली रिभ्युका अनुसार दरबार ह'त्याकाण्ड हुनुभन्दा केही महिनाअगाडि नेपालमा सिआइएले एक कार्यालय स्थापना गर्‍यो । यो कार्यालय स्थापनासँगै अमेरिकाबाट अमेरिकी सेनाका स्पेसन अपरेसन्स फोर्सेसका सदस्य नेपाल आएका थिए ।

उनीहरुले ‘बेली नाइन्टिगेल वान’ नामक गोप्य अभ्यास गर्न थाले । अभ्यासलाई वैधता दिन भूकम्प विपत् तालिमको नाम दिइएको म्यागाजिनले लेखेको छ । अभ्यास टिममा अमेरिकाको मनोवैज्ञानिक कार्यक्रम सञ्चालन गर्ने साइकोलो अपरेसन्सका सदस्य पनि सहभागी थिए । यही साइकोलोजिकल टिमले नै दरबार ह'त्याकाण्ड राजकुमारबाट भएको भनेर विश्वभर हौवा फिँजाएको म्यागाजिनले लेखेको छ । सुरुमा तत्कालीन प्रधानमन्त्री गरिजाप्रसाद कोइरालाले स्वाचालित हति'यार आफैं प'ड्के'र परिवार सकिएको र पछि दीपेन्द्रको प्रेम सम्बन्धले परिवारमा आएको खटपटले परिवारको ह'त्या गरे भनेर हल्ला गर्नुमा साइकोलोजिकल टिमको डिजाइन भएको म्यागाजिनले लेखेको छ ।

दरबार ह'त्याकाण्डपछि वीरेन्द्र परिवारको ला'स उठाउन अमेरिकाका तत्कालीन प्यासिफिक कमान्डर डेनिस ब्लेरको नेतृत्वमा तालिम दिएका नेपाली सैनिक कमान्डोले काम गरेको म्यागाजिनमा लेखिएको छ । ब्लेरकै सहयोगमा इस्ट टिमोरमा पनि सैनिक कु भएको म्यागाजिनले लेखेको छ । यो सबै योजना सिआइएका तत्कालीन निर्देशक जर्ज टिनेटले गरेको म्यागाजिनले लेखेको छ ।

‘ज्ञानेन्द्र सिआइएका सहयोगी थिए’:
दरबार ह'त्याकाण्डपछि राजा भएका ज्ञानेन्द्र शाह अमेरिकी गुप्तचर निकाय सिआइए का सहयोगी भएको म्यागाजिनले दाबी गरेको छ । रिचर्ड निक्सन र जेनेरल फोर्ड राष्ट्रपति हुँदा अमेरिकाकाले विदेश सचिव र रक्षा सल्लाहकार रहेका हेन्री किसिन्जरसँग ज्ञानेन्द्रको सम्बन्ध भएको पिचरमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति जेनेरल फोर्ड प्रशासन र किसिन्जरसँग ज्ञानेन्द्रको सन् १९७० देखिकै सम्बन्ध भएको म्यागाजिनले लेखेको छ । दरबार ह'त्याकाण्डको डिजाइनमा बनाइएको महाराजगन्जस्थित सिआइएको अफिस पनि ज्ञानेन्द्रको आवास नजिक भएको दाबी गरिएकोे छ । दरबार ह'त्याकाण्डका दिन भेला भएका वीरेन्द्र परिवारसँगै उपस्थित ज्ञानेन्द्रका छोरा पारसलाई केही नहुनु तर अरुको वंशनाश हुनु रहस्य भएको म्यागाजिनले लेखेको छ । वेन म्याडसेनले सन् २००२ को सेप्टेम्बर २१ मा उक्त फिचर लेखेका थिए । अमेरिकी म्यागाजिनको रिपोर्ट पढ्न यो लिंकमा क्लिक गर्नुहोस ।

सम्बन्धित खबरहरु