काठमाडौं । केही दिन पहिले आ'त्मह'त्या गरेका पत्रकार शालिकराम पुडासैनी प्रकरणमा मुछिएका ३ जना अहिले हिरासत छन् । पत्रकार रवी लामिछाने, अस्मिता कार्की र युवराज कँडेललाई आ'त्मह'त्या गर्न बाँध्य बनाएको अभियोगमा चितवन प्रहरीले पक्राउ गरेको हो ।

यतिबेला रवीलाई भने अर्को पारिवारीक तनाब आइलागेको छ । उनको अमेरिकास्थित घर लिलामीमा परेको छ । उक्त सूचना प्रकाशित भएको छ । दुई महिनादेखि घरको किस्ता नबुझाएपछि अमेरिकाको घरजग्गा कारोवार गर्ने संस्थाले घरमा लिलामको पत्र पठाएको हो ।

अमेरिकाको क्यालिफोर्नियामा रवीको नाममा एउटा घर छ । जहाँ पूर्वपत्नी र छोरीहरु बस्दै आएका छन् । पूर्वपत्नी इशासँग सम्बन्ध बिच्छेद गर्दा घर उनका नाममा गरिदिने सहमति भएको थियो । तरपनि रविले हालसम्म इशाका नाममा घर पास गरिदिएका छैनन् । घर आफ्ना नाममा नभएपछि इशाले पनि घरको किस्ता बुझाएकी छैनन् ।

घरको किस्ता नबुझाएका कारण ६ जुनमा घर जग्गा कारोवार गर्ने संस्थाले लिलामीको पत्र पठाएको छ । तत्काल घर खाली गर्न रविका नाममा पत्र जारि गरेको छ । अमेरिकाको घर लिलाम हुने भएपछि पूर्वपत्नी इशा र छोरीहरु समस्यामा परेका छन् ।

सम्बन्धित खबरहरु