काठमाडौ । पत्रकार सालिकराम पुडासैनी प्रकरण थप रहस्यमय बन्दै आएको छ । उनको केहि समय पहिले नारायणगढको कंगारु होटेलमा मृत्यु भएको थियो। अहिले चर्चित पत्रकार रवी लामिछाने पनि पक्राउ परि सकेका छन। अहिले फेरी नेपालि मिडियामा यो बिषयले खुवै चर्चा पाएको छ भने घटनाको सत्य तथ्य बाहिर ल्याउँन सबैले आग्रह गरेका छन।

पत्रकार सालिकराम पुडासैनीले अन्तिम समयमा दिएको भिडियो संदेश मिडियामा सार्वजनिक भएपछि अहिले यो प्रकरणले झन गम्भीर मुडमा लिएको छ । पत्रकार पुडासैनीले यी मान्छेका कारण संसारबाट विदा लिए भनेर भिडियोमा दिएका नाम रवी लामिछाने, रुक्कु कार्की र युवराज कंडेल पनि पक्राउ परि सकेका छन ।

यस घटनापछी अब के हुनेछ भन्ने सबैको चासोको बिषय बनेको छ । साथै भिडियो हेरेर सामाजिक सञ्जालमा अनेकौँ अड्कलबाजी गर्ने नेपाली कम छैनन् । यसै समयमा अधिवक्ता तथा पत्रकार स्वागत नेपालले अब सँधैका लागि विदा भए भन्दै संसारबाट विदा भएको मान्छेले झुट नबोल्ने र भिडियो हेरेर उनले नाम लिएका व्यक्तिहरु निर्दोष हुन् पुडासैनीलाई दवावमा बोल्न लगाईयो भन्ने देख्ने नेपालीहरु भेडा भएको टिप्पणी गरेका छन् ।

उनले जब अब म संसारबाट विदा भए भन्दै विदा नै भएका छन् भने कसैले दवाव, कर वा धम्की त्यो भन्दा ठूलो हुन्छ ? यो प्रश्न गर्दै अधिवक्त नेपालले जब की जीवन नै सकाउँदैछन् भने त्यो भन्दा ठूलो चै दवाव हुँनै नसक्ने तर्क अघि सारेका छन् ।

साथै उनले अप'राधिक कार्यमा संलग्न भनेर प्रहरीले पक्राउ गरेका, अदालतमा त्यो बिषयमा छानविन भइरहेका बेला निर्दोष देख्नेहरु नेपाली चै भेडा नै हुन् उनले भनेका छन् । उनले कानून भन्दा माथी कोही नहुँने । निष्पक्ष छानविन गर्नुपर्ने, दोषि ठहर भए कानून बमोजिमक कार्बाही गर्नुपर्ने विचार अघि सारेका छन् ।

तर यो समयमापनि दोषी देखेर राज्यले अनुशन्धान गर्दै गरेको बेला त्यो भन्दा माथी गएर नागरिकले नै निर्दोष हुन् भन्दै नारावाजी गर्ने यो भेडा प्रवृतीले भने देश माथी कहिलै नउठ्ने उनको भनाई थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु