हेटौँडा । पत्रकार शालिकराम पुडासैनीको आत्मह'त्या प्रकरणमा मुछिएका पत्रकार रबि लामिछानेलाई प्रहरीले हिरासतमा राखेको बिरोधमा हेटौँडामा केही युवाहरुले विरोध र्यालीको आयोजना गरेका छन् ।

न्युज २४ टेलिभिजनको सिधा कुरा जनतासगँका प्रस्तोता रहेका पत्रकार लामिछानेलाई प्रहरी पत्रकार पुडासैनी घटनाको छानविनका लागी भन्दै विहीबार पक्राउ गरेको थियो ।

पक्राउ परेका लामिछानेलाई शुक्रबार चितवन जिल्ला अदालतले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । पत्रकार लामिछानेलाई हिरासतमा लिएको बिरोधमा मकवानपुरको हेटौंडामा स्वस्फूर्त रुपमा युबाहरुको मोटरसाइकल र्याली हुप्रचौरबाट सुरुभई कान्तिलोकपथ, बुद्ध चोक हुँदै सिमा चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

र्यालीमा सहभागीले पत्रकार लामिछाने दोषी देखिए कार्बाही होस्, विभिन्न बाहानामा फसाउने कार्य नहोस् भन्दै नारा लगाएका थिए । उनीहरुले नेपालको राष्ट्रिय झण्डा सहित “आइ एम विथ रबि लामिछाने“ लेखिएको प्ले कार्ड बोकेका थिए ।

सम्बन्धित खबरहरु