काठमाडौं । अहिले चर्चामा रहेको शालिकराम पुडासैनी मृत्युलाई लिएर चर्चित नायिका करिश्मा मानन्धरले मुख खोलेकी छिन् । शालिकरामलाई आत्मह'त्या गर्न बाध्य पारेको अभियोगमा अहिले पत्रकार लामिछाने, युवराज कँडेल र अस्मिता कार्की अहिले हिरा'सतमा बसेका छन् । अहिले लामिछाने समर्थकहरुले विरोध पनी जनाउँदै आइरहेका छन् । यो बीचमा प्रहरी र समर्थककाबीच झ'डप हुने अवस्थासम्म आएको छ ।

यो आफैंमा चिन्ताजनक अवस्था देखिन सक्ने भएकाले सावधानि अपनाएर प्रहरीलाई आफ्नो काम गर्न दिनुपर्ने धेरैको बुझाई रहेको छ । यस विषयमा मानन्धरले भिडले कसैलाई न्याय दिन नसक्ने भएको हुँदा यसमा दबाब दिन खोज्नु गलत्त भएको जानकारी दिएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै उनले रवी समर्थकहरुलाई भेडाको संज्ञा दिएकी छिन् । उनको यो स्टाटसलाई लिएर अहिले उनको विरोध पनी भइरहेको छ ।

यस्तो छ उनको स्टाटस, राज्यले गर्नुपर्ने कामकाज निजितवर बाट हुनु खतरनाक हुन्छ ! नत्र किन चाहियो संसद, संविधान, राज्य समयन्त्र ? यत्रो तिरो तिरी रहेको छौ । तपाईंहरुले नैतिकता न–गुमाएको भए यो समस्या आउने थिएन । अब गंगामा हात धुनेले आँट गरे । पहिल्यै भनेको थिए येस्तो स्वतन्त्रताले अराजकता निम्त्याउँछ । सानो देशको व्यवस्था र संबंधित निकायलाई नियन्त्रणमा राख्न नसक्ने कस्तो सरकार ? अब भोग्नुस ! भेडाहरु को कोलाहाल ! सत्य तितो हुन्छ ।

सम्बन्धित खबरहरु