धनगढी । नर्मला पन्तले न्याय नपाउँदै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ नौखरीमा फेरी जबरजस्ती करणी भएको छ । त्यहाँ १७ वर्षिय युवतीलाई सामुहिक जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–११ का १९ वर्षीय धिरेन्द्र थापा र सोही ठाउँकै भुपेस ऐर रहेका छन्। उनीहरुलाई इलाका प्रहरी कार्यालय झलारीको टोलीले शनिबार पक्राउ गरेको हो ।

 

युवतीलाई जबरजस्ती करणी गर्ने दुई जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनसिंह साउँदले बताए। उनका अनुसार घटनामा ५ जनाको संलग्नता थियो । ‘घटनामा संलग्न अन्य तीन जनाको खोजी भइरहेको छ,’ उनले भने,‘ पक्राउ परेका व्यक्तिको साथबाट एक मोटरसाईकल र एक खुकुरी समेत बरामद गरेका छौं।’ पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका उनिहरुलाई आइतबार जिल्ला अदालतमा पेश गरिने छ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु