नेपाल प्रहरीका जवान युवतीको कोठामा यस्तो अवस्थामा फेला परेपछि…


काठमाडौं । एक प्रहरी जवान प्रेमीकाको कोठामा मृ’त फेला परेका छन् । नागार्जुन नगरपालिका–३ स्थित ठूलो भर्‍याङमा एक प्रहरी जवानको रह’स्यमय मृत्यु भएको हो । उनको प्रेमिकाको कोठामा मृत्यु भएको प्रहरी जानकारी दिएको छ । रहस्यमय मृत्यु भनेको प्रहरीले प्रारम्भिक अनुसन्धानमा आत्मह’त्या गरेको बताएको छ ।

 

महानगरीय प्रहरीवृत्त स्वयम्भूका २६ वर्षीय प्रहरी जवान शंकर ठगुन्नाको गएराति प्रेमिकाकै कोठामा मृत्यु भएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरू विगत एक वर्षदेखि नै लिभिङ टुगेदरमा बस्दै आएका थिए तर ति प्रहरी पहिले नै विवाह गरिसकेका थिए ।

महिलाले प्रहरीमा दिएको बयानअनुसार शनिबार राति करीब १०ः३० बजे उनी म’दिरा पि’एर कोठामा आएका थिए । प्रेमिकासँग झण्डै ४५ मिनेट भना’भन भएको थियो । एकछिन महिला बाहिर निस्किएर फर्किंदा ठगुन्नाले सलको पा’सो लगाइसकेका थिए । त्यसो नगर्न भन्दाभन्दै आफूलाई हि’र्काएर पछा’रेको र एकछिनपछि उठेर हेर्दा पा’सो लगाएको देखिएको उनले बयान दिएकी छिन् ।

महिलाको भनाइ उद्धृत गर्दै प्रहरी नायब उपरीक्षक सुवेदीले भन्नुभयो, ‘त्यसपछि महिलाले सलको पा’सो का’टेर एकछिन् मालिस गरिन् तर कुनै प्रतिक्रिया नआएपछि अर्को कोठामा भएका आफन्तको सहयोगमा अस्पताल लगिएको थियो ।’ श्रीमान् छाडेर बसेकी ती महिला मजदूरी गर्छिन् । अहिले ती महिलालाई नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
एसईई, ११ र १२ को परिक्षाको सूचना यसरी आएको रहेछ
एसईई, ११ र १२ को परिक्षा बारे बोल्यो राष्ट्रिय परीक्षा बोर्ड
त्रिविले गर्यो नतिजा प्रकाशित, एक क्लिकमा अनलाइन यसरी हेर्नुहोस्
कोरोनालाई ध्यानमा राखेर त्रिविले जारी गर्यो यस्ता महत्वपुर्ण जानकारी [सुचनासहित]
सरकारको निर्णय मान्दै त्रिविले सबै परीक्षा र पठन–पाठन त रोक्यो तर विदा अर्को वर्ष मिलाउने
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता

सूचना विभाग दर्ता प्रमाणपत्र नं. ८३१/074-75
संचालक / सम्पादक : इन्द्र प्रसाद आचार्य

        || थप...

Designed by appharu.com