काठमाडौं । खोला नभएका ठाउँमा पुल बन्ने देश सायद नेपालमात्रै होला । देशका कतिपय स्थानका नदीमा पुल नहुँदा स्थानीयले सास्ती व्यहोरेका छन् । तर नेपालगञ्जमा एउटा यस्तो पुल बनेको छ जहाँ खोला नै छैन । नेपालगञ्जको नरैनापुर हुलाकी सडक खण्डमा बनाइएको एक पुलको तल कुनै नदी नै छैन ।

सडक डिभिजन कार्यालय नेपालगन्जको अभिलेखमा उक्त पुल राप्ती नदीमाथि बनाइएको उल्लेख गरिएको छ । सडक डिभिजन कार्यालयले डिजाइन गरेर आर्थिक वर्ष २०७५–०७६ मा सम्पन्न भएको यो पुल रु २५ लाखमा बनेको हो ।

राप्ती नदीमाथि बनाइएको अभिलेख भएको पुलको छेउमा नदी नै छैन । त्यति मात्र होइन उक्त पुलले सडकलाई पनि छोएको छैन । यसरी जनताले दिएको करलाई गलत्त ठाउँमा प्रयोग गर्नाले जनताका आधारभुत आवश्यक्ता पुरा गनृको लागि समस्या हुनसक्ने धेरैको बुझाई रहेको छ ।

सम्बन्धित खबरहरु