काठमाडौ । उमेरभन्दा अगावै कपाल सेतो हुनु मुटु रोगको संकेत हुन सक्छ । अध्ययनअनुसार, उमेरभन्दा अगावै कपाल फुल्न थाल्ने पुरुषलाई मुटु रोगको चपेटामा आउने सम्भावना सामान्य पुरुषको दाँजोमा बढी हुन सक्छ ।

यो अध्ययन स्पेनको मालागामा गतअप्रिल ६ देखि ८ तारिखसम्म भएको युरोपियन एसोसिएसन अफ प्रिभेन्टिभ कार्डियोलजीको वार्षिक बैठकमा प्रस्तुत गरिएको हो । मिश्रको काहिरा विश्वविद्यालयको अनुसन्धानकर्ताले सयौं वयस्क व्यक्तिमाथि गरिएको अध्ययनपछि यो परिणाम प्रस्तुत गरेका हुन् ।

अध्ययनअनुसार, धमनीको आन्तरिक पर्खालमाबोसो जम्नु र कपाल सेतो हुनुको जैविक प्रक्रियामाधेरै समानता छ । उमेरमा वृद्घि हुनुका साथै दुवैमावृद्घि हुन्छ । बिग्रिएको डीएनए, तनाव, सुन्नाइ, हार्मोनसम्बन्धी परिवर्तनसँगै कार्यशील कोषिकामा उमेरको लक्षणजस्तो वस्तु यो प्रक्रियामा सामान रूपले उपस्थित रहन्छ ।

आर्टरियोस्क्लेरोसिस अर्थात् धमनीको कडापनको एउटा चरण यस्तो हुन्छ, जसमा धमनीको आन्तरिक पर्खालमा बोसो जम्न लाग्छ । एथेरोस्केलेरोसिस भनिने यो चरणले गर्दा धमनीमा रक्त प्रवाहको बाटो साँगुरो हुन्छ ।

अध्ययनमा सहभागीहरूमा मुटुको रोग छ वा छैन, मुटुको प्रमुख रक्त बाहिनीमा कुनै क्षति ग्रस्त त छैन भनी जान्नका लागि धमनीको आन्तरिक स्थितिको सिटी कोरोनरी एन्जियोग्राफी प्रविधिको माध्यमले जाँच गरियो ।

अनुसन्धानमा मुटुको रोग र कपालको सेतोपनाको मात्राका आधारमा सहभागीलाई दुई समूहमा बाँडियो । सेतो कपालका आधारमा अनुसन्धानकर्ताहरूले कपाल सेतो हुनुको विभिन्न चरणका लागि अंंक तय गरे । यसअनुसार पूरै कालो कपालका लागि १ अंक, सेतोभन्दा बढी कालो कपालका लागि २ अंक, कालो र सेतो कपालकोबराबर मात्राका लागि ३ अंक, कालोभन्दा बढी सेतो कपालका लागि ४ अंक र पूरै सेतो कपालका लागि ५ अंक तय गरियो ।

हरेक सहभागीको अंक दुई स्वतन्त्र पर्यवेक्षकद्वारा निश्चित गरियो । उनीहरूको मधुमेह, तनाव, रक्तचाप, धूमपान, मुटु रोगको आनुवांशिक इतिहासजस्तो मुटु रोगका लागि पारम्पारिक कारकहरूको तथ्यांकसमेत एकत्रित गरियो ।

सबै तथ्यांकको विश्लेषणले के थाहा पाइयो भने,जुन सहभागीको कपाल बढी सेतो भइरहेको थियो, उनीहरूमा मुटु रोगको खतरा बढी थियो । उमेर रमुटु रोगसँग जोडिएको कारकको यसमा छुट्टै कुनैप्रभाव थिएन ।

अनुसन्धानअनुसार, वास्तविक उमेर कम भए पनि कपालको सेतोपनाले व्यक्तिको बढेको जैविकउमेरको वर्णन गर्छ । यो मुटु रोगको चेतावनीको संकेत हुन सक्छ । कान्तिपुर दैनिकबाट

सम्बन्धित खबरहरु