काठमाडौं । अहिले नेपालमा बाँदर आ'तंक बढ्दै जान थालेको छ । बाँदरले हैरान पार्न थालेपछि अहिले स्थानीयले सरकारसँग बाँदर नियन्त्रणका लागि अपिल गर्न थालेका छन् । यो बीचमा ओखलढुंगाका सांसद यज्ञराज सुनुवारले बाँदर नियन्त्रण गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको हिजो बसेको बैठकको शून्य समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद सुनुवारले बाढी पहिरो खडेरी र भूकम्प जस्ता विपद्ले ओखलढुंगासहित देशभरका किसानलाई पीडित भईरहेका बेला जंगली जनावर बाँदरले दुःख दिएको भन्दै बाँदर नियन्त्रणका लागि आग्रह गर्नुभएको हो ।

तीन दिन अघि जिल्ला सदरमुकाममा कृषि ज्ञान केन्द्रको आयोजनामा भएको एक कार्यक्रममा ओखलढुंगाका किसानले बाँदर आं'तक बढेको भन्दै नियन्त्रणका लागि पहल गर्न सांसदसँग माग गरेका थिए ।

कानुनले जंगली जनावार बाँदर मार्न नपाईने भएकाले सरकारी स्तरबाटै नियन्त्रणका लागि पहल गर्ने किसानलाई आश्वासन दिएका सांसद सुनुवारले संसद बैठकबाटै सरकारको ध्यानाकर्षण गराउँनु भएको हो ।

बाँदरले खेतबारीमा लगाएको अन्नबालीमा क्षति गर्न थालेपछि ओखलढुंगाका अधिकांश क्षेत्रका किसान समस्यामा छन् । आफुले नियन्त्रण गर्ने सम्भावना नरहेपछि बाँदरको समस्या बोक्दै किसानहरु प्रशासन, स्थानीय सरकार र सांसद गुहार्न बाध्य भएका छन् ।

सम्बन्धित खबरहरु