काठमाडौं । चर्चित पत्रकार शालिकराम पुडासैनीको जीवनत्याग प्रकरणमा प्रक्राउ परेका चर्चित पत्रकार रबि लामिछानेका समर्थकहरुले उनको रिहाईको माग गर्दै प्रर्दशन उग्र बनाएपछि भरतपुरको चौविसकोठीदेखि मालपोत चोक सम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । अब उक्त क्षेत्रमा आजदेखि बिरोध प्रर्दशन र हुलहुज्जत गर्न नपाईने भएको छ ।

लगातार प्रर्दशन हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षा व्यवस्था कडा पार्दै यी स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको हो । अधिकांश अस्पताल रहेको स्थानमा दैनिक जसो प्रर्दशन हुन थालेपछि संवेदनशिल क्षेत्र भन्दै सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै निषेधित क्षेत्र घोषणा गरिएको हो ।

आज देखि सुरक्षा व्यवस्था थप कडा पारिएको छ । बिरोध प्रर्दशनको नाममा अराजक गतिविधि भए नियन्त्रणमा लिएर कडा कारवाही गर्ने प्रहरीले जनाएको छ । आज पनि रबिका समर्थकहरुले बिरोध प्रर्दशन गरिरहेका छन् ।

सम्बन्धित खबरहरु