काठमाडौं । लामो समय दर्शक, श्रोतालाई आफ्नो जादुमय आवाजका साथ मनोरञ्जन दिएकी सञ्चारकर्मीको मृत्यु भएको छ । ‘तेजस्वी’ र ‘बड़ी चर्चा’ जस्ता शोको माध्यमबाट डीडी न्यूजका दर्शकलाई मनमा राख्न सफल न्यूज एंकर नीलम शर्माको शनिवार मृत्यु भएको हो । नीलम २० वर्षदेखि दूरदर्शन न्यूजसँग काम गर्दै आएकी थिइन् ।

लामो समय देखि क्यान्सरसँग जुध्दै आएकी निलमको ५० वर्षको अल्पायुमा नै ज्यान गएको हो । उनलाई यस वर्ष मात्रै मार्चमा ‘नारी शक्ति’ सम्मान मिलेको थियो । नीलमको निधनले अहिले उनका फ्यानहरुलाई धेरै दुःख लागेको छ । सामाजिक सञ्जालमा उनीहरुले अहिले श्रदाञ्जली दिइरहेका छन् ।

डीडी न्युजले पनि उनका काम र संस्थालाई दिएको उपलब्धिबारे चर्चा गरेको छ । हिमाचल प्रदेशको हमीरपुर जिल्ला भोरंजको भलवानीमा वस्दै आएकी नीलमको शिक्षा–दीक्षा दिल्लीमा भएको थियो । उनका पिता भारतीय सेनामा कार्यरत थिए । दिल्ली विश्वविद्यालयको महिला श्रीराम कलेज फर वूमेनबाट उनले स्नातकसम्मको अध्यन गरिन् । उनले आइआइएमसीबाट डिप्लोमासम्म अध्यन गरिन् ।

https://twitter.com/DDNewsLive/status/1162657321790693376?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1162657321790693376&ref_url=https%3A%2F%2Faajtak.intoday.in%2Feducation%2Fstory%2Fneelam-sharma-dd-news-anchor-passes-away-viewers-mourn-on-social-media-tedu-tmove-1-1111589.html&fbclid=IwAR1_XbfCAbG830mnp-u4rOTBkzPG485VDsN44XSmd1UGsklsHKdD7HFM4fs

यस संस्थानमा उनको ब्याज (१९८९–९०) हो । जानकारी अनुसार नीलम शर्माले एम्समा चेक गराएकी थिइन तर उनलाई क्यान्सर भएको खुल्न सकेन् । नीलमको स्वास्थ्यमा समस्या आएपछि उनको नोएडाको एक अस्पतालमा उपचार भइरहेको थियो । स्वास्थ्य थप बिग्रदै गएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो तर डाक्टरले उनलाई बचाउन सकेनन् ।

सम्बन्धित खबरहरु