यसरी छलाङ मार्दै यातायात व्यवस्था विभागको महानिर्देशक बनेर आए हमाल


काठमाडौ । यातायात व्यवस्था विभागको महानिर्देशकमा गोगनबहादुर हमाल नियुक्त भएका छन्। सरकारले तत्कालीन महानिर्देशक कुमारप्रसाद दाहालको सरुवा गरेसँगै रिक्त रहेको पदमा हमाल आएका हुन्। हमालले सोमबार विभागमा पदबहाली गरे। यसअघि हमाल सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयलको सचिवका रुपमा कार्यरत थिए।

यातायात व्यवस्था विभागले विगतमा यातायातसम्बन्धी सम्पूर्ण काम गर्दै आएको थियो। अहिले भने सवारी दर्ता, रुट पर्मिट लगायत सम्पूर्ण काम प्रदेश सरकार मातहत गएको छ। स्मार्ट लाइसेन्स सम्बन्धीका काम भने विभागले नै गर्दै आएको छ।

‘विभागले गर्नुपर्ने काम धेरै नै छन्, सँगै चुनौती पनि छ,’ नवनियुक्त महानिर्देशक हमालले भने, ‘सरोकारवालहरुसँग समन्वय गरेर उपभोक्तालाई सहज रुपमा सेवा प्रवाह होओस् भन्नेमा लाग्नेछु।’

अहिले पनि स्मार्ट लाइसेन्स लिन ट्रायल पास गरेर बस्नेको संख्या करिब ५ लाख रहेको छ। विभागले मास प्रिन्टरसहित १० लाख स्मार्ट कार्ड ल्याएकाले अबको केही दिनमा स्मार्ट कार्ड मास प्रिन्टरमार्फत हुनेछ।

पछिल्लो समय यातायात व्यवस्था विभागको नेतृत्व छोटो समयमा परिवर्तन भइरहेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आफू अनुकूल काम नहुने देखेपछि महानिर्देशक परिवर्तन गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
अब कल्याणकारी कोषमार्फत शिक्षकलाई राहत
समृद्धिका लागि विज्ञान र प्रविधिलाई उत्पादनसँग जोड्न प्रधानमन्त्रीको आग्रह
सर्वोच्चले फैसला गर्न ढिलाई गरेपछि अन्यौलमा शिक्षक
स्नातक तहको नतिजा प्रकाशित [हेर्ने तरिकासहित]
मन्त्रिपरिषद्ले मन्त्रालयलाई दियो स्वीकृती, अब शिक्षक दरबन्दी मिलान यसरी
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर