तीज पर्वको अवशरमा चेतनामुलक तीज गीत प्रतियोगिता : सहभागिताका लागि आवेदन खुल्ला


काठमाडौं । हिन्दु नेपाली महिलाहरुको तीज पर्व नजिक आउँदै गर्दा विभिन्न कार्यक्रमहरु भइरहेका छन् । यस वर्षको तीजमा कोहलपुर बागेश्वरी ई.मी. स्कुलले प्रतिस्पर्धात्मक चेतनामुलक तीज गीत प्रतियोगिता २०७६ आयोजना गर्न लागेको छ ।

यस कार्यक्रमको उद्देश्य भनेको पुरानो संस्कृतिको संरक्षण गर्नुका साथै यस क्षेत्रमा छरिएर रहेका कलाकारको प्रतिभालाई प्रस्फुटन गर्ने बागिना कलाकेन्द्रका अध्यक्ष एवं यस कार्यक्रमका संयोजक गणेश विष्टले जानकारी दिए । गीतको माध्यमबाट केही सन्देश दिने र अग्रज कलाकारहरुलाई सम्मान, नयाँ कलाकारहरुको प्रतिभालाई प्रस्फुटन गर्ने विष्टले जानकारी दिए ।

यस अवसरमा यस क्षेत्रमा रहेका सम्पूर्ण उद्योगी, व्यापारी , समाजसेवी, शुभचिन्तक तथा अन्य थुप्रै आदरणीय व्यक्तित्वहरुसँगको भेटघाट गरी एक आपसमा माया ,प्रेम र सद्भाव बाँड्नु रहेको प्रिन्सीपल गोविन्द प्रसाद चालिसेले जनाए । स्थानीय कला एवम् संस्कृतिको संरक्षण र सबैखाले जातजाती, भाषा, धर्म, लिङ्ख तथा सम्प्रदायको सम्मान गर्नु कार्यक्रमको मुख्य उदेश्य हो ।

कोहलपुर क्षेत्रमा रहेका सम्पुर्ण उद्योगी, व्यापारी ,समाजसेवी, पत्रकार,बुद्धिजीवी ,कलाप्रेमी,देशभक्त तथा अन्य थुप्रै आदरणीय व्यक्तित्वहरुसंगको भेटघाट एवम् स्थानीय कलाकारको प्रतिभालाई प्रस्फुटन गर्नु नै कार्यक्रमको सकारात्मक पक्ष भएको संयोजक विष्टले जानकारी दिए ।

एकआपसको सहयोग र सहकार्यले पनि सामाजिक तथा साँस्कृतिक विकासमा टेवा पुग्ने देखिन्छ । यो चेतनामुलक तीज गीत प्रतियोगिता २०७६ कार्यक्रमलाई कम्तिमा पनि पाँच हजार देखि छ हजार सम्मले अवलोकन गर्ने विश्वास लिइएको छ । यो कार्यक्रम कोहलपुर नगरपालिको वडा नं. ३ मदनचोकमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
अब कल्याणकारी कोषमार्फत शिक्षकलाई राहत
समृद्धिका लागि विज्ञान र प्रविधिलाई उत्पादनसँग जोड्न प्रधानमन्त्रीको आग्रह
सर्वोच्चले फैसला गर्न ढिलाई गरेपछि अन्यौलमा शिक्षक
स्नातक तहको नतिजा प्रकाशित [हेर्ने तरिकासहित]
मन्त्रिपरिषद्ले मन्त्रालयलाई दियो स्वीकृती, अब शिक्षक दरबन्दी मिलान यसरी
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर