काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा सुनचाँदी बजार सुस्ताएको छ । सुनचाँदीको भाउ अन्तर्राष्ट्रिय बजारमै महँगो भएसँगै चाडपर्वको मुखमा समेत नेपाली बजारमा सुनचाँदी बजार सुनसान भएको हो ।

पछिल्लो समय सुन किन्नेभन्दा बेच्ने ग्राहक धेरै आउने गरेको सुनचाँदी व्यवसायीहरु बताउँछन् । सुनचाँदी व्यवसायी हरिकृष्ण श्रेष्ठले भने, ‘सुनको कारोबार ठप्प छ ।’

उनले चाडपर्व नजिकिँदै गर्दा सुनको धमाधम अर्डर आउनुपर्नेमा कारोबार नै शून्य भएको बताए । उनको गुनासो छ, ‘सानोतिनो ऋण व्यापार गर्ने हामीजस्तालाई गाह्रो भयो ।’ यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यो पनि, विश्वसम्पदा क्षेत्रका लागि प्रस्तावित सूचीमा राखिएका १५ वटा क्षेत्र खतराको सूचीमा छन् । ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका प्राग–ऐतिहासिक एवं प्राचिन सम्पदालाई विश्वसम्पदा सूचीमा राख्ने गरिन्छ ।

सरकारले सम्पदा सूचीमा राखे पनि स्थानीय निकाय र समुदायले चासो नदिँदा कठिनाई भएको हो । सम्पदाको महत्वका विषयमा जानकार नहुँदा विश्वसम्पदा सूचीमा राख्ने कार्य अवरुद्ध बनेको छ ।

सम्बन्धित खबरहरु