काठमाडौं । बलिउडमा मात्रै नभई विश्वभर नै चर्चा पाएका कपिल शर्मा सामाजिक सञ्जालमा अक्सर छाइरहन्छन् । यस्तै उनका नाममा जोकहरु पनि भाइरल हुँदै आइरहेका छन् ।

यीमध्ये कति उनका आफ्नै हुन्छन् भने कतिमा उनको नाम प्रयोग गरिएका हुन्छन् । यस्तै, एउटा चुट्किला ट्वीटरमा सार्वजनिक भएको छ जसमा कपिलको नामबाट महिलाका लागि अपमानजनक शब्दको प्रयोग गरिएको छ ।

https://twitter.com/NEj80eQSeQiYAxI/status/1163130340489043968?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1163350884975124481&ref_url=https%3A%2F%2Fratopati.com%2Fstory%2F97530%2F2019%2F8%2F20%2Fkapil-sharma-replied-to-a-twitter-user%23modal

यसका लागि ट्वीटर प्रयोगकर्ताले उनीविरुद्ध रिस व्यक्त गर्दै उनलाई प्रतिबन्ध लगाउन माग उठाए । अन्ततः कपिल आफैंले यसबारे स्पष्टिकरण दिन बाध्य भएका छन् ।

एक ‘आवारा लड्का राज’ नामको ट्वीटर ह्यान्डलले यो चुट्किला सेयर गरेको हो । चुट्किलाको सबैभन्दा तल कपिल शर्मा लेखिएको छ । चुट्किला पढ्ने बित्तिकै वेणी माधव नामकी एक महिला प्रयोगकर्ताले लेखिन्,

‘आवारागर्दीका लागि यो ट्वीटर नै पायौ ? आवारागर्दीको शौख चढेको छ ? हेर्न चाहन्छौ आवारागर्दी ? यो ट्वीटर सोसल मिडिया हो । यसको परिणाम निकै भयावह पनि हुनसक्छ । पुलिस तिमीसम्म पुग्न बेर लाग्दैन । जे पनि लेख्छौ मर्यादामा बसेर लेख ।’

https://twitter.com/KapilSharmaK9/status/1163359461961920512

लाडो नामको ट्वीटर ह्यान्डलबाट आएको कमेन्ट देखेर कपिलले आफूलाई रोक्न सकेनन् । उनले यसबारे स्पष्टिकरण दिएका छन् । कपिलले जवाफमा लेखे, ‘प्रिय बहिनी, तपाईंले प्रतिक्रिया दिनुअघि वास्तविकता के हो त्यो बुझेको भए हुन्थ्यो ।

https://twitter.com/BaisaRathore1/status/1163350884975124481

ती मेरा शब्द थिएनन् । अरु कुरा रामजीले ठिक गर्नेछन् । धन्यवाद ।’ लाडोे नामक ह्यान्डलबाट भनिएको छ, ‘धम्की दिनुअघि अन्तिम लाइन पढ्नु भएको भए हुन्थ्यो । ती शब्द कपिल शर्माको हो ।

सक्नुहुन्छ भने उनलाई ब्लक गर्नुहोस् वा केस गर्नुहोस्, जो टिभीमा अनावश्यक बकवास गर्छन् र सोनी टिभीलाई पनि प्रतिबन्ध गर्नुहोस् म्याडम । ट्वीटरमा सामाजिक कार्यकर्ता नबन्नुहोस्, वास्तवमा नै गर्नुहोस् महिलाका लागि ।

यहाँ रि–ट्वीट, फलोअर्सको मात्र मोह छ ।’ कपिलका नाममा भाइरल भएको ट्वीटमा भनिएको छ । केटीहरुलाई कहिल्लै पनि इज्जत दिएर कुरा गर्नुहुँदैन ।

यसरी कुरा गर्दा केटीहरु पट्टीन्छ । पट्टीए भने पिता पनि बन्नुपर्छ । यति कम उमेरमा म पिता बन्न चाहान्न । कपिल शर्माले भने भनिएको छ । वास्तवमा यो अफवाह हो यसमा कुनै सत्यता भने छैन ।

सम्बन्धित खबरहरु