काठमाडौं । रवि लामिछाने सहितका ३ जनालाई अझै ५ दिन थुनामा राखेर अनुशन्धान गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ । आज भएको थुनछेक बहसपछि अझै अनुशन्धान गर्नुपर्ने देखिएको तर्कका आधारमा प्रहरीले माग गरेको ५ दिन अझै थप गर्न अदालतले आदेश दिएको हो ।

पत्रकार रवि लामिछानेसहित तीन जनालाई आज जिल्ला अदालत लगिएको थियो । पत्रकार शालिकराम पुडासैनीलाई जीवनत्याग गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीका बिरुद्ध आज थुनछेक बहस भएको छ । उनीहरुलाई अझै अनुशन्धान जरुरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो ।

गएको बिहिबार काठमाडौं न्युज २४ को कार्यलयबाट पक्राउ परेका चितवन ल्याईएका उनीहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसनधान गर्न अदालतले दिएको समय हिजो सकिए पनि अनुसन्धान बाँकी नै रहेकाले म्याद थपको लागि आज जिल्ला अदालत लै लगिएको हो ।

पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीका कारण आफू जीवनत्याग गर्न बाध्य भएको बताएकाले प्रहरीले तीनै जनालाई पक्राउ गरी घटनाबारे अनुसन्धान गरिरहेको छ । जिल्ला अदालत चितवनका श्रेस्तेदार रुद्रमणि गिरीकाअनुसार अहिलेसम्म अनुसन्धानबाट खुलेका फाइलहरुसहित इजालसमा पेश गरिएको थियो । कानुन व्यवसायी सुनिल पोखरेलसहितको टोलीले रविका पक्षमा वहस गर्दै थुनामुक्त गर्नुपर्ने माग गरेका थिए । न्यायाधीशले थुनामुक्त गरी अनुसन्धान अघि बढाउन मनासिब ठानेको खण्डमा रवि लामिछानेसहित ३ जनानै छुट्न पनि सक्ने बताइएको छ ।

पछिल्लो जानकारी अनुसार प्रहरीले मागेको अर्को १० दिन हिरासतमा राख्न म्याद थप्ने बारे अदालतले ५ दिन थुनामा राख्न आदेश दिएको छ । यो सङै रबि सहित ३ जना ५ दिन थुनामा बस्नुपर्ने भएको छ । बयान लिने क्रम अहिले पनि जारी भएको भन्दै सरकारी वकिलले १० दिनको समय माग गरेका थिए तर जिल्ला अदालतले उक्त माग अस्विकार गर्दै ५ दिन मात्र उपलब्ध गराएको थियो ।

सम्बन्धित खबरहरु