काठमाडौ । चर्चित सञ्चारकर्मी रवि लामिछानेसहित पक्राउ परेका तीनजनाबारे अदालतको अर्को आदेश आएको छ । प्रारम्भीक रुपमा बयान लिने क्रम सकिएको तर थप अनुसन्धान नसकिएको भन्दै सरकारी वकिलले जिल्ला अदालत चितवनसँग १० दिन थुनामा राख्न माग गरेका थिए ।

अहिले पनि हिरासतमा रहेका लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई अब थप ५ दिन थुनामा राखिने भएको छ । यो भन्दा पहिले पनि उनीहरुलाई ५ दिन दिन हिरासतमा राखेर अनुसन्धान गरिएको थियो । जिल्ला अदालत चितवनले मंगलबार रविसहित ३ जनालाई फेरि ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन अनुमति दिएपछि सरकारी पक्षको १० दिनको माग ओझेलमा परेको हो । सम्मानित अदालतले राष्ट्रिय चासोको बिषय बनिसकेकाले चाँडै निश्कर्षमा पुग्ने मनासयका कारण छोटो समय उपलब्ध गराएको बुझिएको छ ।

अदालतले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीसँग सोमबार र मंगलबार गरी दुई दिन बयान लिएसँगै थप अनुसन्धान गर्नुपर्ने भन्दै म्याद थप गरेको हो । अहिले रविको सर्मथनमा चितवनमा मात्रै नभई देशका विभिन्न ठाउँहरुमा प्रदर्शनहरु भइरहेका छन् ।

सम्बन्धित खबरहरु