काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देखि सबै दलका उच्च तहका नेता साँझ परेपछि बालुवाटार पुगेका छन् उनीहरु प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको सर्बदलीय बैठकका लागि पुगेका हुन् । बैठक बालुवाटारमा सुरु भएको जनाइएको छ । संसदमा विचाराधीन अवस्थामा रहेका विधेयकको टुंगो लगाउन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बैठक सुरु भएको हो ।

बैठकमा नेकपाका तर्फबाट पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, नारायण काजी श्रेष्ठ, वामदेव गौतम, बिष्णु पौडेल, ईश्वर पोख्रेल, सुवास नेम्वाङ, रामबहादुर थापा बादल सहभागी छन् ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, बिजय गच्छदार, पूर्णबहादुर खड्का, मिनेन्द्र रिजाल सहभागी छन् । यस्तै समाजबादी पार्टी नेपालबाट अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव सहभागी छन् भने राजपाका तर्फबाट राजकिशोर यादव र महन्थ ठाकुर सहभागीछन् । बैठकमा नेकपाका नेता माधवकुमार नेपाल भने सहभागी भएका छैनन् ।

सम्बन्धित खबरहरु