त्रिभुवन विश्वविद्यालय स्नातक तह भर्ना कार्यक्रम, शैक्षिक वर्ष २०७६/०७७, त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिकशास्त्र सङ्काय, व्यवस्थापन सङ्काय र शिक्षा शास्त्र सङ्काय अन्तर्गतका क्याम्पसहरुमा वार्षिक प्रणाली अनुसार शैक्षिक वर्ष २०७६/०७७ को लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्ना निम्नानुसार हुने भएकोले सम्बन्धित सबै सङ्काय, क्याम्पस तथा विद्यार्थीहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

कार्यक्रम :

  • आवेदन फाराम वितरण : २०७६ भाद्र ५ गतेदेखि।
  • आवेदन फारम बुझाउने तथा भर्ना हुने अन्तिम मिति : २०७६ आश्विन ५ गतेसम्म ।
  • कक्षा सञ्चालन : : २०७६ आश्विन ६ गतेदेखि ।
  • परीक्षा फाराम भर्ने / भराउने : २०७६ चैत्र मसान्तसम्म।
  • कक्षा समाप्त हुने: : २०७७ जेठ मसान्तसम्म।
  • परीक्षा सञ्चालन : २०७७ असार ।
  • नतिजा प्रकाशन : २०७७ कार्तिक ।

भर्ना भएका विद्यार्थीहरुको त्रिवि. रजिष्ट्रेशन फाराम भरी त्रि.वि. परीक्षा नियन्त्रण कार्यालय र क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालयमा २०७६ माघ मसान्तसम्म बुझाउनु पर्नेछ र विद्यार्थीहरूको अतिरिक्त एक प्रति पासपोर्ट साइजको फोटो र त्यसको पछाडि नाम लेखी पठाउनु पर्ने छ। रजिष्ट्रेशन फाराम भरेका विद्यार्थीहरूको रजिष्ट्रेशन नं. परीक्षा नियन्त्रण कार्यालय र क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालयबाट २०७६ फागुन मसान्तसम्म सम्बन्धित क्याम्पसहरूमा पठाई सक्नु पर्नेछ। विद्यार्थीले प्रवेश चाहेको प्रत्येक सङ्काय अन्र्तगतका क्याम्पसमा बेग्लाबेग्लै आवेदन फाराम बुझाउनु पर्नेछ। आवेदन दिँदा फारामसँगै हालसालै खिचेको फोटो र ट्रान्सक्रिप्ट तथा चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ । विद्यार्थी भर्नाको लागि १२ कक्षाको स्तरीकृत अङ्क (Grade Point) न्यूनतम D+ हुनु पर्नेछ । ग्रेड प्रणालीभन्दा फरक १०+२ र प्रमाणपत्र तह उत्तिर्ण विद्यार्थीहरूको लागि पुरानै व्यवस्था अनुसार भर्ना लिइनेछ। अन्य विस्तृत विवरणको जानकारी सम्बन्धित सङ्काय, र क्याम्पसबाट प्राप्त गर्न सकिनेछ ।

सम्बन्धित खबरहरु