काठमाडौ । रवि लामिछानेकि पत्नी निकिता पौडेलले चितवनका एसपी दानबहादुर मल्लसहित ३ जना विरुद्ध दिएको किटानी जाहेरी काठमाडौं महानगरिय प्रहरी परिसरले लिन अस्वीकार गरेपछि सरकारी वकिल कार्यालय बबरमहलले जाहेर बुझेको छ ।

बुधबार दिउँसो साढे १ बजेतिर निकिता र रवि लामिछानेका दाइ हरिशरण लामिछाने वकिल सहित परिसरको कार्यालय टेकुमा पुगेका थिए । तर प्रहरीले आफ्नो क्षेत्राधिकार नभएको भन्दै जाहेरी दरखास्त दर्ता गर्न अस्वीकार गरेको थियो ।

एसपी दानबहादुर र पत्रकार किशोर श्रेष्ठविरुद्ध रवि लामिछानेकी श्रीमतिको उजुरी प्रहरीले दर्ता गरेन । त्यसपछि बबरमहलस्थित सरकारी वकिलको कार्यालय पुगेका उनीहरुले सह न्यायाधिवक्ता चन्द्रकान्त खनाललाई बुझाएर फर्केका छन् ।

पौडेलका वकिल राजेन्द्र सेढाइले भने, ‘हामीले सरकारी कार्यालयका कार्यालय प्रमुख चन्द्रकान्त खनाललाई जाहेरी बुझाएका छौं, तर आज दर्ता भइसकेको छैन उहाँले जाहेरी कहाँ पुर्याउनु पर्ने हो तत तत स्थानमा पुर्याउने बताउनु भएको छ ।’ रवि लामिछानेकी श्रीमतिले दानबहादुर मल्ल र किशोर श्रेष्ठसहित ३ जनाविरुद्ध किर्ते गरेको भन्दै उजुरी दिइन् ।

सेढाइका अनुसार चितवन जिल्लाका एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आजका सम्पादक संकेत कोइरालाविरुद्ध किटानी जाहेरी दिइएको हो । जाहेरीमा सरकारी अभिलेखमा भएको भिडियो सार्वजनिक भएको र कीर्ते गरेको जाहेरीमा उल्लेख छ । सेढाइका अनुसार मुलुकी अ'पराध संहिता–२०७४ को दफा २७६ र २७७ बमोजिम जाहेरी दिइएको हो ।

सम्बन्धित खबरहरु