काठमाडौ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ९ शरदपुर बस्ने वर्ष १४ का दुई किशोर विगत दुई दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा अन्जन खनाल र आयुस कँडेल रहेका छन् ।

कक्षा १० मा अध्ययनरत उनीहरु घरबाट विद्यालय गएको अवस्थामा बाटोबाटै बेपत्ता भएका हुन् । गहुँगोरो वर्ण भएका उनीहरु झण्डै पाँच फिट अग्ला र पातलो शरीर भएका छन् । खनाल र कँडेलकी आमाहरु सरस्वती खनाल र पार्वती कँडेलले दुवै किशोरलाई कसैले भेटेमा नजिकको प्रहरी कार्यालय वा आफन्तलाई खबर गरिदिन सबैसँग अनुरोध गर्नु भएको छ।

सम्पर्क नम्बर ९८४५६९६६०६, ९८४८०९६७०० र ९८४५४०७०८० मा खबर गरिदिन परिवारले अनुरोध गर्नु भएको छ । उनीहरुले कही कतै देखेमा खबर गरिदिएर हाम्रो मिलन गराई दिनुभए ठूलो गुन लाग्नेछ भन्दै सहयोगको अपिल गरेका छन् ।

सम्बन्धित खबरहरु